खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

साझासवाल
1 Min Read

काठमाडौँ | गैंडाकोट नगरपालिका-३ मा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका-४ का १६ वर्षीय शिशिर पन्त रहेका छन्।

उनीहरू दुवै जना सोमबार बिहान अन्य साथीहरूसँग पौडी खेल्न गएका थिए। अरू सकुशल रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

Share This Article