भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो"/>

2026-07-01 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले मच्चाएको बुढानिलकण्ठ घटना: नरपालिकामा ताला, दुई नेता सहित प्राविधिक प्रहरी खोरमा


भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो । 

त्यहि क्रममा त्यहाँ पुगेका पत्रकारहरुलाई समेत समाचार रिपोर्टिंग गर्न समेत दिईएन । घटनामा सबैभन्दा बढी दोषी मानिएका एमाले नेता दिपक निरौलालाई घटनास्थलबाट भगाईएको भनिएपनि आइतबार उजुरी परेपछि प्रहरीले तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा एमाले नेता तथा नगर समिति संयोजक दीपक निरौला, निर्वाचन कार्यालयबाट खटिएका प्राविधिक अधिकृत खड्गी र वडा नं. ९ का वडाध्यक्ष राजेन्द्र सापकोटा छन् । 

साथै घटनापछी बूढानीलकण्ठ नगरपालिकामा कांग्रेस, माओवादीका कार्यकर्ता र स्थानीयले आइतबार तालाबन्दी गरिदिएका छन् । आइतबार दिनभर नगरपालिकाको कार्यालयमा तालाबन्धि भएपछी दिनभरको काम प्रभावित भयो । कांग्रेस, माओवादी सहित स्थानीयले एमालेबिरुद्ध नाराबाजी गरे । त्यसैक्रममा भेटिएका एक जनाले आक्रोशित हुँदै भने – 'घटनालाई सामान्य कसरी भन्ने ? निर्वाचन सम्बन्धि एकपक्षीय काम गर्न पाइन्छ ? यहाँ सरासर निर्वाचन आयोगकै निस्पक्षतामा धज्जी उडाउने काम भएको छ ।'

प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालयका खत्रीलाई बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा शनिबारसम्मका लागि करारमा नियुक्त गरिएको थियो । 

कांग्रेस तथा माओवादीको अनुसार घटनामा नगरपालिकाका कर्मचारीको समेत मिलेमतो छ । कांग्रेस/माओवादीले दोषीमाथि छानबिन गरी दोषीमाथि कारबाही नगरेसम्म नगरपालिकाको तालाबन्दी नखोलिने बताएका छन् । घटनामा एमालेले एकलौटी ५६ जनाको मतदाता नामावलीको लागि फोटो खिचाइसकेको पाईएको छ भने अन्य डेढ सयको जनाको हाराहारीमा लाईन लगाईएको भेटिएको थियो । 

आइतवार भएको संसद बैठकमा कांग्रेस नेता तथा सांसद गगन कुमार थापाले बूढानीलकण्ठमा भएको यो घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठाएको भन्दै निर्वाचन सामग्री एकलौटी प्रयोग गरिनु चोरीको संज्ञा दिएका थिए । उनले दोषीमाथि यथाशीघ्र कारबाही गर्नुपर्ने भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ