ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

Sajha Sabal
1 Min Read

काठमाडौँ | पश्चिम नवलपरासीको सुनवलमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।​​ दुई वटा ट्रक आपसमा ठोक्किँदा सुनवल–१२ का ६५ वर्षीय रामु रेग्मीको मृत्यु भएको नवलपरासी प्रहरी प्रवक्ता डीएसपी मदनबहादुर थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार सुनवल नगरपालिका–१ हर्कटटास्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ४३३ नम्बरको मार्बल बोकेको ट्रक र विपरीत दिशाबाट आइरहेको ग १ क २९६५ नम्बरको ट्रक एकआपसमा ठोकिएका थिए । लु २ ख ४३३ नम्बरको ट्रक चालक सुनवल १३ का धर्मराज चमार र ग १ क २९६५ नम्बरका ट्रक चालक रूपन्देहीको देवदह नगरपालिका ९ भलुहीका किसान खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article