Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना, प्रविधिको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड

२०७४, ९ फाल्गुन बुधबार १२:२७

फागुन ९, काठमाडौँ | विभिन्न राजनीतिक दलका नेताले सूचना, सञ्चार तथा प्रविधिको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा यहाँ आज आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा उहाँहरुले प्रविधिको विकास नभएसम्म मुलुकमा अन्य विकास हुन नसक्ने भएकाले प्रविधिको विकासमा बिशेष जोड दिनुपर्ने बताउनुभयो । 

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आर्थिक, सामाजिक, लैंगिक वा भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदलाई प्रविधिमार्फत अन्त्य गरिनुपर्ने बताउँदै नेपालमा सूचना र प्रविधिको विकास भइरहेको सन्दर्भमा त्यसको दुरुपयोगभन्दा पनि सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रियसभाका सदस्य रामनारायण बिडाँरीले सूचना र प्रविधिको विकासमा सरकारी लागनी बढाउनुपर्छ भन्नुभयो । 

प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले प्रविधिको विकाससँगै आपारधिक क्रियाकलापसमेत बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्वले सूचना र प्रविधिमा फड्को मारेको अवस्थामा नेपालले पनि त्यसबाट सिक्नुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ