पुस १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र भोली बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ।

एक नेताका अनुसार मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ।

समूहगत छलफलका लागि २५ समूह बनाइएको छ। बुधबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्।

Related News