माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। शनिबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो।

पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो।

‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको छ’, माओवादीको केन्द्रीय कार्यालयले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘कुनै कारणबस सूचना नपुगेमा यसलाई पनि सूचनाको आधार बनाइदिन केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ।’

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक भने पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ। स्वास्थ्य मापदण्ड पालना शनिबार बिहान बस्ने भएको हो।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply