नरसंहारको धम्कीले मन्त्री यादव संकटमा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ ८, काठमाडौँ | सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ।

रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सर्वाजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा। सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन्।

त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन्।

मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ। यसले कानुनी राज्यको उपहास गरेको, हत्या हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरुको ठम्याइँ छ। मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply