By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    5 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    6 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    11 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एजेन्डा बिनाको भाषणमा गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एजेन्डा बिनाको भाषणमा गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता
काठमाडौँ - KTMराजनीति

एजेन्डा बिनाको भाषणमा गाली बाँड्दै नेता, ताली पिट्दै कार्यकर्ता

साझासवाल
Last updated: March 21, 2022 12:23 pm
साझासवाल
6 Min Read
Share

कृष्णसिंह धामी । चैत ७, काठमाडौँ । राजनीतिक दललाई चुनाव लागिसकेको छ । स्थानीय तह निर्वाचन लक्षित गरेर दलहरू प्रचार प्रसारलाई तीव्रता दिन थालेका छन् । वैशाख ३० गतेलाई तोकिएको निर्वाचन केन्द्रित गरेर राजनीतिक दलहरू यतिबेला गाउँघरतिर छन् । 

जति-जति निर्वाचन नजिकिँदै गइरहेको छ । त्यति धेरै नै नेताहरूको सक्रियता बढिरहेको छ । नेताहरूको सक्रियता बढ्दा कार्यकर्तामा पनि स्वाभाविकले बढ्छ । नेताहरू भाषण गर्ने, कार्यकर्ता पटटट ताली पड्काउने । 

चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरू तल्लो स्तरको गाली गलौचमै उत्रिन थालेका छन् । त्यसमा पार्टी अध्यक्षदेखि प्रधानमन्त्री भइसकेका नेताहरू छन् । उनीहरूकै सिको गर्दै दोस्रो तथा तेस्रो दर्जाका नेताहरू पनि चुनावी एजेण्डाभन्दा गाली गलौचमा उत्रिन थालेका हुन् । त्यसरी गाली गलौच तथा तल्लो स्तरको आरोप लगाउने अग्रपङ्क्तिमा आउँछन्, एमाले अध्यक्ष केपी शर्मा ओली । 

उनको निशानामा अन्य पार्टीका नेताहरूदेखि लिएर निर्वाचन आयोगसम्म परेको छ । आइतबार इलाममा आयोजित कार्यक्रममा ओलीले आफ्नै पार्टीका पूर्व नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललाई राम्रैसँग गाली दिए ।  उनले भने, ‘कमसेकम एमालेले लगाइदिएको जुँगा खौरेर कुरा गर्नु नि ! कम्युनिस्टकै बर्को ओढेका अन्तरे–जन्तरेहरूले नै कम्युनिस्ट सरकार ढाल्ने काम गरे ।’

उनी यतिकैमा रोकिएनन् । एमालेले लगाइदिएको मेयर र सांसदको फुली बोकेर ठूला नगर्न पनि सचेत गराए । उनले भने, ‘विचार गर्नुहोस् त कति साह्रो लाज नभएका ? एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते थाहा हुन्छ ।’  

ओलीले अहिलेको गठबन्धनलाई स्यालहरूको संज्ञा दिए । उनले भने, ‘स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिदैन । प्रचण्ड जी हामीले बनाइदिएको भाँडो हेरेर बसिराख्नु भएको छ । भाँडो भित्रको सिद्धिसक्यो त !’

उनले यतिमात्र सीमित बन्न पुगेनन् । पाँच दलीय गठबन्धनलाई गिद्धसँग तुलना गरे । ‘एउटा गिद्ध घरको धुरीमा बस्यो भने पूजाआजा गर्छन् । यहाँ त पाँच पाँच वटा गिद्ध छन् । अनि देशमा भलो हुन्छ,’ ओलीले भने । 

नेता तथा कार्यकर्ताले ओलीलाई राजनेता तथा ‘बा’ भन्दै सम्बोधन गर्छन् । तर, उनै राजनेताले गर्ने भाषण भने कुनै विषयवस्तु भन्दा गाली गलौच बाहेक केही हुँदैन । अहिले उनको निसानामा पर्ने भनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता हुन् । 

उखान टुक्कासहितको गाली गलौचमा खप्पिस ओली चित्त नबुझे आफ्नै पार्टीका नेताहरूमाथि पनि त्यसरी नै खनिन पुग्छन् । यतिबेला स्थानीय तह निर्वाचनको प्रचार प्रसारको हो । नेताहरू आफ्नो पार्टीको चुनावी एजेण्डा मतदातालाई बताउनुपर्नेमा अर्को पार्टीको नेताहरू गाली गर्नतिर लाग्छन् । 

यसरी एजेन्डाविहीन अवस्थामा पुगेका अर्का नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । पार्टीका चुनावी एजेण्डा के हुन ? चुनावमा कसरी जाने ? भन्ने कार्यकर्तालाई सिकाउनु मतलब छैन । उनी कहिले एमाले अध्यक्ष केपी ओली त नेपाली कांग्रेसका नेताहरूलाई गाली गलौच तथा आरोप प्रत्यारोपमा उत्रिएका छन् । 

केही दिनअघि सिन्धुली पुगेका प्रचण्डले आफ्नो पार्टीलाई सिंह र अरूको पार्टीलाई भेडासँग तुलना गरे । उनले भने, ‘सिंह र भेडाको कथा जस्तो । भेडासँग हिँड्दाहिँड्दा हामी पनि भ्या-भ्या गर्ने जस्तो भाछौं । हुँ त हामी सिंह गर्जिनुपर्ने हो माओवादी त, तर, १०-१५ वटा भेडाहरूसँग हिँड्दा भ्या-भ्या गर्न थालियो ।’ भाषण सुनिरहेका कार्यकर्ता हुटिङ गर्दै मख्ख भए । 

प्रचण्ड यतिमा मात्र सीमित भएनन् । केही समय अगाडि प्रचण्डले ओलीलाई विदेशीले हुर्काएको एजेण्डा भएको बताए । कार्यकर्तालाई उत्तेजित पार्नकै लागि उनी यतिसम्म तल्लो स्तरमा जान्छन् कि राम्रो बोलियो वा नराम्रो हेक्का समेत हुन्न । 

उनी मात्र नभएर नेकपा समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि गालिजलौजमै उत्रिन्छन् । उनको आक्रोश अरू कसैप्रति नभएर आफ्नै पूर्व पार्टी नेकपा एमालेप्रति हुन्छ । त्यसमा पनि एमाले अध्यक्ष केपी ओली लक्षित गालिगलौजमा खप्पिस हुन्छन् । कुनै ठाउँको आमसभामा सम्बोधन गर्न पुग्दा उनको मुखबाट गाली नै वाणीको रूपमा निस्किन्छ । र, कार्यकर्ता हुटिङ गर्न थाल्छन् । 

उनले केपी ओलीले संसद्लाई पङ्गु बनाउने, भत्तामात्र खाने र आफूहरूलाई हैरानी पार्ने काम गर्दै आएको भन्दै उनले भने, ‘त्यस्तो हो भने केपी ओलीको वितण्डालाई सामना गर्नुभन्दा संसद्लाई भंग गरिदिऊ ।’ 

त्यस्तै वर्तमान मन्त्री तथा समाजवादीकै नेता प्रेम आलेले त केपी ओलीलाई महाभारतको दुर्योधनसम्म भन्न भ्याए । केही दिन अगाडि एक कार्यक्रममा भने, ‘केपी ओली महाभारतको दुर्योधन हुन् । महाभारतको दुर्योधन, एमाले नेता केपी ओली । कुनै फरक छैन, दाज्नुस् तपाइहरू । मूल्याङ्कन गर्नुस् ।’

छोटो र मिठो बोल्ने नेताको रूपमा चिनिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बेला बेला व्यक्तिगत आक्षेपमै उत्रिन्छन् । केही दिन अगाडि नुवाकोटमा आयोजित कार्यक्रममा उनले एमाले नेता भीम रावलको दिमाग खुस्किएको सम्म भन्न भ्याए । 

त्यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि कांग्रेस हात्ती भएको र अन्य दल कुकुर भएको बताए । ‘कांग्रेस हात्ती हो । हात्ती लम्कन्छ । हात्ती लम्किँदै गर्दा कहिले कही कुकुरहरू पनि भुक्ने गर्छन्,’ उनले भने । 

यसरी भाषण गर्ने बहानामा व्यक्तिगत गालीगलौज तथा आक्षेप लगाउनु राजनीतिक धर्म होइन । यो त केबल आक्रोश मात्र हो । त्यसमा पनि उनीहरूको भाषण सुन्न भनेर बसेका कार्यकर्ता जे बोल्दा पनि हो..हो गर्दै हुटिङ गर्ने र ताली पड्काउने बाहेक केही गर्दैनन् ।

आफ्नो नेताले कस्तो खालको भाषाको प्रयोग गर्‍यो, यसरी गाली गलौचमा नउत्रिएर आफ्नो एजेण्डा तथा विषयवस्तु प्रस्तुत गर्नुपर्छ भन्न सक्ने ल्याकत पनि कार्यकर्तामा छैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति
Next Article थाहा पाउनुहाेस् आजको माैसम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMटिप्स

महिनावारीको बेला सम्पर्क गर्नु महिलालाई फाइदा हुन्छ, तर…

57 years ago
राजनीति

१५ वैशाखमा इलाम-२ र बझाङ-१ उपनिर्वाचन हुने

57 years ago
काठमाडौँ - KTMविश्व

साउदी अरबकी राजकुमारी बास्मा तीन वर्षपछि रिहा

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

करोडौं पर्ने १४ भेन्टिलेटर खरिद गरिँदै, सातै प्रदेशमा सेवा पुर्याइने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?