एजेन्सी | साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन्। सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो।

मानव अधिकारवादी समूहका अनुसार राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको हो।साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बास्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा परिचित छन्।

बिना कारण कारागार चलान गरिएको भन्दै साउदीको मानवअधिकार संस्थाले ब्यापक बिरोध गरेको थियो। उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै रिहा गरिएको बताइएको छ।

तर, सरकारी अधिकारीहरूले भने कुनै प्रतिक्रिया दिएका छैनन्। उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन।

Related News