2026-06-16 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छः गृह मन्त्रालय

वैशाख २६, काठमाडौँ | गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । 

गृहले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता  प्रतिकुल हुने गरी केही क्रियाकलापहरु भईरहेको सूचनाहरु प्राप्त भएको समेत जनाएको छ । 

‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही राजनैतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी द्वन्द, विवाद तथा झैझगडाका छिटपुट घटनाहरु घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकुलका केही क्रियाकलापहरु भईरहेका सूचनाहरु प्राप्त भएका छन् ।’ 

निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य रहेको गृहले जनाएको छ ।

‘यस सिलसिलामा निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता विथोल्ने तथा मतदातालाई स्वतन्त्र रुपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानून बमोजिम कारवाहीको भागीदार हुनेछन । निर्वाचनको बहानामा कानून विपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि छैन,’ गृहले भनेको छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको विज्ञप्तिमा उल्लेखयही बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन हुन गइरहेको छ ।

निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन गर्न देशभर करीब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करीव ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको गृहले जनाएको छ । 

‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृहको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ