2026-09-24 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका सिन्डिकेटधारी राम श्रेष्ठ पक्राउ

मनोज पराजुली जेठ ६, काठमाडौं ।  मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध व्यवसाय चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले श्रेष्ठलाई प्रक्राउ गरेसंगै  वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायी समातिने क्रम सुरु गरेको छ ।

प्रहरीले आइतबार भीएलएको कार्यालयमा छापा हानेर श्रेष्ठलाई फक्राउ गरेको हो । उनी  पक्राऊ परेसंगे उनको कार्यालयबाट  ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।श्रेष्ठसंगै मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग सम्बन्धित ४८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । अपराध अनुसन्धान विभागका प्रमुख डिआईजी धिरु बस्नेतको नेतृत्वमा परिचालित प्रहरीले ३९ वटा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन, जीएसजी कम्पनीमा छापा मारेको हो । प्रहरीले ललितपुरबाट ४ र काठमाडौंबाट ४४ जनालाई प्रक्राउ गरेको हो ।

राम श्रेष्ठ को हुन् ?

वाइड स्पेस म्यानपावरमा सञ्चालक रहेका श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक हुन् । उनले सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्दै आएका थिए ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने संकल्प लिएका थिए । उनले मलेसियमा नयाँ सरकार बने लगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन कुटनीतिक पहल गरेका थिए । मन्त्री विष्टले गत शुक्रबार मात्र वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा बिभिन्न नाममा उठाउँदै आएको शुल्क खारेज गर्ने निर्णय गरेका थिए । उक्त निर्णयसंगै श्रम मन्त्रालयले सिन्डिकेटधारी अवैधानिक धन्दा चलाउने व्यवसायीलाई पक्राऊ गरेर कारवाही गर्न गृह मन्त्रालयमा  फाइल पठाएको थियो ।

यसअघी तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महतले मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेकाहरुलाई तत्काल कारबाही गरेर सो समयसम्म उठाइएको रकमको पनि क्षतिपुर्ति दिलाउन गृह मन्त्रालयलाई पत्र काटेका थिए तर  सो पत्रलाई कसैले  जिम्मेवारी नलिई कारवाही गर्न समेत आनाकानी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट