2026-06-16 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ अन्त्यको जस लिने होडबाजी

वैशाख २६, काठमाडौं | राजनीतिक दलका नेताहरूबीच स्थानीय तह निवार्चनका बेला मतदातालाई प्रभावित पार्न लोडसेडिङ अन्त्यको जस लिने होडबाजी चलेको छ । लोडसेडिङ भने चार वर्षअघि भएको थियो । त्यतिबेला १८ घन्टा लामो लोडसेडिङ अन्त्य भएको थियो । 

तर, सोमबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै लोडसेडिङ अन्त्य गर्नेको जस लिए ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले नै ऊर्जा सङ्कटबाट देशलाई लोडसेडिङ अन्त्य गर्ने कार्यको सुरुवात गरेको हो । विद्युत आयात गर्ने अन्तरदेशीय ढल्केबर–मुजफ्पुर प्रशारण लाइन र सबस्टेशन निर्माणको कामको सुरुवात नेपाली कांग्रेसको पालामा भएको हो ।’

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि लोडसेडिङ अन्त्य गरेको दाबी गरे । ६७ बुँदे अपिल पत्रको २७ नम्बरमा ओलीले लेखेका छन्, ‘नेकपा (एमाले)को सरकारले देशलाई ऊर्जा सङ्कटको स्थितिबाट लोडसेडिङ मुक्त बनायो ।’

यी दुई दलका नेताले मात्र होइन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोडसेडिङ अन्त्य आफ्नो सरकारले गरेको दाबी गर्दै आएका छन् ।

उक्त पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले आफूलाई अहिले पनि उज्यालो नेपालका  अभियन्ता बताउने गरेका छन् ।

दोस्रो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउनमा प्रधानमन्त्री  भएका बेला ऊर्जामन्त्री रहेका शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेका थिए । 

नियुक्त भएपछि सोही वर्षको तिहारमा काठमाडौंलगायत देशका ठूला सहरमा लोडसेडिङ  अन्त्यको गर्न थालेका थिए । एकातिर विद्युत चुहावट नियन्त्रण र अर्कोतिर आपूर्ती  व्यवस्थापनमा ध्यान दिँदै ठाउँठाउँमा ट्रान्सफर्मर परिवर्तन गरिदिएका थिए ।

जसका कारण  क्रमशः १८ घण्टा लामो लोडसेडिङ घट्दै अन्त्यमा औधोगिक क्षेत्रमा मात्र साढे ३ घण्टा  लोडसेडिङ थियो ।

दिक्दारलाग्दो लोडसेडिङ घट्दै गएपछि सरकार प्रमुख प्रचण्ड, विभागीय मन्त्री शर्मा र  लोडसेडिङ अन्त्य अभियानको नेतृत्वको रूपमा घिसिङको चर्चा चुलिएको थियो । 

र, लोडसेडिङको औपचारिक अन्त्य भने ३१ वैशाख २०७५ मा भएको थियो । जतिबेला  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री थिए ।

प्रचण्डको पालामा लोडसेडिङ अन्त्यको प्रक्रिया थालनी भएर अन्त्य भएको घोषणा भने ओलीको पालामा भएको थियो । 

यही लोडसेडिङ अन्त्यको प्रारम्भिक काम भने कांग्रेस नेतृत्वको सरकारको पालामा भएको कांग्रेस प्रवक्ता महतले दाबी गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ