2026-09-29 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलंकामा हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

वैशाख २६, काठमाडौँ | सोमबार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र राष्ट्रपति गोताबाया राजापाक्षेसमक्ष बुझाएको श्रीलंकाली अनलाइन डेलीमिरर डट एलकेले उल्लेख गरेको छ।

राजधानी कोलम्बो र देशका अन्य भागमा सरकार समर्थक र विपक्षी प्रदर्शनकारीबीच हिंसात्मक झपडसँगै कर्फ्यू जारी रहँदा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन्।

श्रीलंकाको आर्थिक संकट गहिरिएसँगै उनका विपक्षीले राजीनामा माग्दै आएका थिए। वैदेशिक ऋणको साँवा ब्याज भुक्तानी गर्न नसकेपछि गत महीना श्रीलंकाले आधिकारिक रुपमा आफू टाट पल्टिएको घोषणा गरेको थियो।

ठूलो परिमाणको वैदेशिक ऋणका कारण श्रीलंका अप्ठ्यारोमा फसेको छ। खाद्यान्न सहितका उपभोग्य वस्तुको मूल्यवृद्धि र अभावका कारण सर्वसाधारणको दैनिकी कष्टकर हुनपुगेको थियो।

सरकारको गलत आर्थिक नीतिका कारण समस्या गहिरिएको भन्दै सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै