By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    36 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    55 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    1 hour ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’ ?
काठमाडौँ - KTMराजनीति

प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’ ?

साझासवाल
Last updated: June 2, 2022 2:55 pm
साझासवाल
7 Min Read
Share

जेठ १९, काठमाडौं | बिहीबार दिनभर जसो राजनीतिक वृत्त नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ को चर्चाले तरंगित बन्यो । 

माओ‌वादीका अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गरेका थिए । उनको दाबीलाई बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रचण्डलाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गरेसँगै यस विषय चर्चामा रहेको छ । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको अफर आएको बताए पनि कुन दल र कसले भन्ने खुलाएनन् । 

‘प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, मलाई प्रधानमन्त्रीको अफर आयो। त्यसपछि मैले जवाफ दिदैँ भनेको थिएँ, प्रचण्ड कमरेड, तपाईंलाई मात्र होइन, अन्त पनि आएको होला है’ अध्यक्ष नेपालले भने ।

स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएको समाचारहरु सार्वजनिक भइरहँदा प्रचण्ड र माधव स्वयंले प्रधानमन्त्रीको अफर आएको बताएसँगै सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका नेताहरु सशंकित बनेका छन् । 

वाम गठबन्धनको विषयमा ति दलहरुबीच भित्रभित्रै छलफल भइरहेको र खासगरी एमालेले यसको अगुवाइ थालेको समाचारहरु बाहिरिँदा पाँच वर्ष पहिला जस्तै चुनावको समयमा वाम गठबन्धन बन्ने त होइन भन्ने प्रश्न कांग्रेस र तीन दलका कार्यकर्तामा प्रश्न उब्जिएको छ ।

तर, तत्कालीन नेकपामा विवाद भएदेखि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका र अहिले दुई फरक फरक पार्टीका अध्यक्ष प्रचण्ड र नेपालले वाम गठबन्धनको विषयलाई अस्वीकार गरिदिएका छन् । 

समाजवादीका अध्यक्ष नेपालले एमाले गठबन्धनको विकल्प हुन नसक्ने र एमालेसँग एकताको सम्भाना नै नभएको बताएसँगै आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन बन्ने सम्भावना कमजोर देखिएको छ । 

प्रधानमन्त्रीको ‘कार्ड’ फालेर भूलभूलैयामा पार्न र मुर्ख बनाउन खोजेको अध्यक्ष नेपालको भनाइ छ । 

‘यो कार्ड प्रयोग गर्ने तरिका, मान्छेलाई मूर्ख बनाउन सकिन्छ भन्ने ठूलो भ्रम हो । यस्तो चालबाजीको तरिकाले विगतमा पनि नोक्सान मात्र गर्‍यो’, अध्यक्ष नेपालले भने, ‘अब पनि चालबाजीको सहारा लिने ? मान्छेलाई लोभ देखाउन सकिन्छ कि, लालच देखाएर सकिन्छ कि, यो तरिका नगरौं ।’  उनले यस्ता लोभलालचा भुलभुलैयामा पर्ने मान्छे आफू नभएको भन्दै प्रधानमन्त्रीको प्रस्तावमा नलोभिने दाबी गरे ।

आ-आफ्नै रणनीति

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले गठबन्धन गरेर अघि बढ्दा कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितका दलहरुलाई फाइदा पुग्यो । 

नेकपा एमालेसँग विभाजित बनेर गठन भएको दल एकीकृत समाजवादी तालमेलबाट असन्तुष्ट देखिए पनि पोखरा महानगरपालिका, हेटौंडा उपमहानगरमा गठबन्धनको सहायतले जित निकाल्न सफल भयो भने कतिपय स्थानीय तहमा एमाले हराउन पर्याप्त बन्यो ।

उता नेकपा माओवादीले २०७४ को स्थानीय तह निर्वाचको भन्दा मत संख्या घटाए पनि स्थानीय तहमा जितको संख्यामा वृ‌द्धि गरेको छ । नेपाली कांग्रस पहिलो पटक स्थानीय तहमा ठूलो पार्टी बन्दा ०७४ को भन्दा झण्डै १० प्रतिशत मत बढाउन सफल भएको छ । 

यसअर्थ पनि यी दलहरु गठबन्धनको बलमा एमालेलाई साइजमा ल्याउन सकिन्छ भन्नेमा स्पष्ट छन् । तर ठूलो दल बनेसँगै नेपाली कांग्रेसमा दम्भ बढेको र धेरै घमण्ड गरे एमालेको जस्तै अवस्था बनाइदिने प्रचण्डको धम्की पछि प्रधानमन्त्री अफर आएका चर्चाले आगामी निर्वाचनका लागि बार्गेनिङ सुरु भएको देखिएको छ । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन आगामी निर्वाचनमा कायम रहने बताएका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि गठबन्धन कायम रहने बताउँदै आएका छन् ।

गठबन्धनको बलमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले त झनै स्थानीय तह निर्वाचनमा पार्टीमा गठबन्धनको व्यापक बिरोध हुँदा हुँदै समेत त्यसको वेवास्ता गर्दै गठबन्धन गरे र पार्टीलाई सबैभन्दा ठूलो बनाएर देखाए । त्यसैले सत्ता गठबन्धनमा रहेका दलहरु यसलाई निरन्तरता दिने पक्षमा देखिएका छन् । तर, सिट बाँडफाँट लगायतका विषयमा अहिले देखिनै उनीहरु शक्ति सञ्चयका लागि लागेका छन् । 

एमालेलाई देखाएर बार्गेनिङ

प्रचण्ड र माधव दुवै जनाले आफूहरुलाई प्रधानमन्त्री प्रस्ताव आएको दाबी गरिरहँदा त्यस्तो प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आएको होला भन्ने सहज अनुमान भइरहेका छन् । एमालेले स्थानीय तह चुनाव अघि नै सत्ता गठबन्धनमा विभाजन ल्याउन निकै कसरत गरेको थियो तर त्यसमा उसलाई सफलता हात परेन ।

स्थानीय तह निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिँदा कम्तिमा पनि १ सय सिट गुमाउनु परेको एमालेको नेताहरु बताउँछन् । कात्तिक वा मंसिरमा प्रतिनिधि सभा निर्वाचन गर्नेबारे गठबन्धन दलहरुबीच छलफल भइरहँदा एमाले उक्त निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धामा जान चाँहिरहेको छ ।

एक्ला एक्लै प्रतिस्पर्धामा जाँदा कांग्रेसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने र त्यहाँबाट सिंहदरबारको यात्र गर्न सहज हुने उसको बुझाइ छ । 

एमाले अध्यक्ष ओलीले बारम्बार आफूहरु झस्केलोबाट नभइ मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्ने दाबी गरिरहेका छन् तर उनको यस्तो दाबीमा गठबन्धन बाधक हुने उनले बुझेका छन् । त्यसैले एमालेले गठबन्धनमा विभाजन ल्याउन हरसम्भव प्रयास गर्ने कांग्रेससहित गठबन्धनका नेताहरुले बुझेका छन् । 

प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरिए पनि आफूहरुले त्यस्तो नगरेको एमाले नेताहरुले बताएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेबाट यस्तो खालको प्रस्ताव नगएको दाबी गरेका छन् । उनले आगामी दिनमा पनि त्यस्तो सम्भावना नभएको बताएका छन् । 

एमालेले प्रस्ताव नगरेको उनको दाबीलाई सही मान्ने हो भने उनीहरुलाई कसले प्रधानमन्त्रीको अफर गरेको छ भन्ने प्रश्न उब्जिनु स्वभाविक छ । अहिले सरकारको नेतृत्व कांग्रेसले गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा स्वयंले सत्ताको नेतृत्व गरिरहेका बेला कांग्रेसबाटै त्यस्तो प्रस्ताव जाने सम्भावना न्यून छ । पार्टीमा देउवा बलियो अवस्थामा छन् । केन्द्रीय समितिमा बिरोध हुँदा हुँदै त उनले स्थानीय तह निर्वाचनमा सबैलाई ‘लतारेर’ गठबन्धनको पक्षमा लान सकेका थिए भने उनको विकल्पमा कांग्रेसका कुनै पनि नेताले प्रचण्ड र माधवलाई सत्ताको साँचो बुझाउ नसक्ने कांग्रेसका एक नेताले बताए । 

त्यसो भए प्रधानमन्त्रीको अफर आएको  विषय के हो त भन्ने प्रश्नमा उनले भने, ‘स्थानीय तहको चुनावबाट कांग्रेसको आडमा चुनाव जित्न सकिने रहेछ भन्ने उहाँहरुले थाहा पाउनु भयो । अब प्रतिनिधि सभा निर्वाचन गर्ने विषयमा छलफल सुरु भएपछि बढी सीट पाउनका लागि गरिएको बार्गेनिङ हो ।’

त्यसो त एमाले नेताहरुले पनि प्रचण्ड र माधवले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ थालेको बताउँछन् । नेकपा एमालेका एक नेताले भने, ‘स्थानीय तहको चुनावको समीक्षा भइरहेको छ । जित हारका विवेचना भइरहेका छन् । चुनावको समय आएको छैन र देउवाको सट्टा अरु कसैलाई प्रधानमन्त्री बनाउनु पर्ने हतारो एमालेलाई छैन । यस्तो समयमा दुवै जनाले एउटै बोली बोल्नुमा कांग्रेसलाई थर्काएर राख्ने रणनीति देखिन्छ ।’

गठबन्धनमा तिक्तता बढेको समय पारेर योजनाबद्ध रुपमा यस्ता विषयहरुलाई उचालिएको उनी बताउँछन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
Next Article नेपालगञ्ज घटनाप्रति पूर्व राजा ज्ञानेन्द्रबाट दुःख व्यक्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, म्युचुअल फन्ड उपसूचकबाहेक सबै हरियो

1 year ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज मलेसिया,दुबई,कतार लगायतका बिदेशी मुद्राको भाउ कति छ ?

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मोर्चालाई सहमतिमा ल्याउन प्रदेश–२ मा स्थानीय तह थप्ने गृहकार्य

57 years ago
मुख्य समाचारराजनीतिसुदुरपश्चिम प्रदेश

रवि लामिछानेको पक्षमा हस्ताक्षर देखेर मलाई डर लागेको छ: प्रधानमन्त्री ओली

12 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?