जेठ २७, काठमाडौँ | शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको क्रममा सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भन्दै माफी दिन आग्रह गरेकी छन् ।

फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा पनि फोहोर व्यवस्थापनबारे एमाले सांसदहरूले आवाज उठाएका थिए । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’

बञ्चरेडाँडा ल्यान्डफिल साइटको जग्गा अधिग्रहण गर्न बजेट छुट्याउने वार्ता भएको छ । यसका लागि पुनः आजै साँझ वार्ताका लागि बोलाइएको छ ।