Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्लोबल आइएमईको नाफा ३ अर्ब ८ करोड

२०७७, ३० श्रावण शुक्रबार ०८:०३

साउन ३०, काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड नाफा कमाएको छ। जनता बैंकलाई गाभेको उक्त बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रहेको छ।  बैंकले अघिल्लो आव २०७५/७६ मा २ अर्ब ७६ करोड नाफा कमाएको थियो। बैंकको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ११.८१ प्रतिशत बढी हो। 

जनता बैंक गाभेपछि बैंकले चुक्ता पुँजी ८४ प्रतिशतले बढेर १८ अर्ब ९७ करोड पुगेको छ। गत आव २०७५/०७६ मा चुक्ता पुँजी १० अर्ब ३१ करोड थियो। यस्तै बैंकको जगेडा कोषमा २९ अर्ब १ करोड संचित छ। यो अघिल्लो वर्षको तुलनामा ७७.६७ प्रतिशतले बढी हो । 

बैंकले गत वर्ष २ खर्ब १२ अर्ब ३१ करोड निक्षेप संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७६.८० प्रतिशत वृद्धि हो। यस्तै बैंकले गत आवसम्म १ खर्ब ८९ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा ७३.८० प्रतिशतले बढी हो। 

यसैगरी बैंकले ८ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५६.२७ प्रतिशतले बढी हो। यस्तै संचालन नाफा ४ अर्ब ४० करोड आम्दानी गरेको  छ। यो अघिल्लो वर्षको तुलनामा १२.७६ प्रतिशतले बढी हो। 

यस्तै निष्क्रिय कर्जा १.८० प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षभन्दा दोब्बरले बढी हो। अघिल्लो वर्ष निष्क्रिय कर्जा ०.५५ प्रतिशत मात्र थियो। 

बैंकको प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ छ। यस्तै प्रतिसेयर नेटवर्थ १५२ रूपैयाँ ९२ पैसा पुगेको छ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू