भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरे"/>
२०८३, १७ जेष्ठ आईतवार
काठमाडौँ - KTM

तरुण दलको महाधिवेशन मिति फेरी सर्यो

२०७३, ३० भाद्र बिहीबार ०८:११

भदौ ३०, काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ । 

महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन भइनसक्ने देखिएपछि मिति केही पछाडि सर्ने निश्चित भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिएका छन् । तरुण दलको हालसम्म ६२ जिल्लामा अधिवेशन भएको र बाँकी जिल्लामा दशैं-तिहारपछि मात्र अधिवेशन हुने सम्भावना रहेको महाधिवेशन निर्देशन समितिले जनाएको छ । 

महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा गर्ने भनिएकामा तरुण दल स्थापना दिवसको दिन कात्तिक १० गतेलाई मध्यनजर गरी मिति निर्धारण हुने बताइएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो । 

दुई काँग्रेस एकीकरणपछि २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामध्ये कतिपय जिल्लामा समानान्तर समिति छन् भने कतिपयमा गुटको विवाद छ । 

तरुण दलको आगामी नेतृत्वका लागि हालसम्म ऐम गुरुङ, राधा घले, जन्मजय तिमिल्सिना, नारायण भट्टराई, दामोदर कोइराला, कर्ण मल्ल, टेकराज पौडेल, लक्ष्मी खतिवडा, उत्तम चापागार्इं, निरञ्जन केसी, नागेश्वर यादव, पदम पालङ्गवा, खिममान रायमाझी, मेदिनी सिटौला, पूर्ण गुरुङलगायत आकाङ्क्षी देखिएका छन् । उनिहरुमध्ये अधिकांश मौजुदा केन्द्रीय समितिका सदस्य रहेका छन् । 

मौजुदा तदर्थ केन्द्रीय समिति गठनका बेला समितिका कसैले पनि आगामी महाधिवेशनको निर्वाचनमा उठ्न नपाउने पार्टीको प्रावधान छ । तरुण दलको हालको विधानानुसार महाधिवेशनका लागि मुलुकभरबाट एक हजार ३७० प्रतिनिधि रहनेछन् । हाल केन्द्रीय समिति ४५ सदस्यीय भएकामा विधानमा ६१ सदस्यीय समिति रहने प्रावधान रहेको केन्द्रीय सदस्य राम रोकायाले जानकारी दिए । 

विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका छन् । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो । 

विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापना भएको घोषणा गरेका थिए । त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र हाल उदयशम्शेर राणाले नेतृत्व  समलिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी