<p><b>मङ्सिर १८, दोलखा । </b>दोलखाको प्रतिनिधिसभातर्फ ४६ हजार १३२ मत मतगणना भएको छ। जिल्ला निर्वाचन आयोग कार्यालयले दिएको पछिल्लो मत परिणामअनुसार हालसम्म नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ८५२ मतको अग्रता लिएका छन्।<br></p><p>शिवाकोटीले २० हजार ६४५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गंगा कार्किले १९ हजार ७९३ मतका साथ पछ्याइरहेका छन्।</p><p>यसअघि शिवाकोटीले १३५१ मतको अग्रता बनाएका थिए। दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भइसकेका छन्।</p>
