Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य आज पनि घट्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । हिजो आइतबार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कारोबारमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।