२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काबेली करिडोरको कामले गति लिन सकेन्

२०७४, ६ माघ शनिबार १०:३३

माघ ६, पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ । 

दश वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा आयोजनाको काम नसकिने देखिएको छ । दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ । 


पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ १० वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो । 

करिडोर निर्माणको जिम्मा पाएका कम्पनीले निर्माण कार्यमा पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । 

“शुरु शुरुमा करिडोर लाइन विस्तार गर्न जग्गामा विवाद भयो”, प्रमुख द्विवेदीले भन्नुभयो, ‘पछिल्लो समयमा जग्गाको विषयमा विवाद त छैन तर निर्माण कम्पनीले आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा समस्या भने आएको हो ।” 

करिडोरको प्रसारण लाइन निर्माणको काम भारतीय निर्माण कम्पनी जगुवर एन्ड एस्टर प्रालिले गरिरहेको छ । दोस्रोपटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ । “वैशाखभित्रमा पनि करिडोरको काम सकिने सम्भावना छैन, पछिल्लो समयमा निर्माण कम्पनीले जनशक्ति परिचालन नै गर्न सकेन,” प्रमुख द्विवेदीे भन्न्नुभयो । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माणको काममा ढिला गरिँदा तीन जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया शुरु भएको तीन वर्ष ढिलो गरी दुई वटा भारतीय निर्माण कम्पनीलाई प्रसारण लाइन निर्माणको जिम्मा दिइएको हो । 

करिडोरका चारै वटा सवस्टेसन निर्माणको काम एक वर्षअघिनै पूरा भएको छ । झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिमस्थित थापाटार र अमरपुरको दुबीचौरमा सवस्टेसन निर्माणको काम सम्पन्न भएको हो । ९० किलोमिटर प्रसारणलाई विस्तारका लागि २५९ वटा टावर राख्नुपर्ने हुन्छ । हालसमम्म १२२ वटा टावर राखिएको छ । 

दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ । झापाको दमकदेखि इलामसम्मको ९४ वटा टावर र पाँचथरको थापाटारदेखि अमरपुरको दुबीचौरसम्म २८ वटा टावर राख्ने काम सम्पन्न भएको हो । इलामको गोदकदेखि झापासम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । 

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कूल रु तीन अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो । 

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा कामअघि बढाइएको हो । निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ । 

विश्व बैंकको सहयोगमा विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेर अघि सारेको करिडरको काम शुरुवाती समय देखिने सुस्त भएकाले जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी