२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाबाट को-को बन्दैछन् समानुपातिक सांसद?

२०७९, २२ मंसिर बिहीबार ०५:२०

मङ्सिर २२, काठमाडौँ | गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरूले पाउने सिट निर्धारण गरेको छ। 

बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो। समानुपातिकमा थ्रेसहोल्ड कटाएका दलहरूले तीन दिनभित्र समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ।


सोही अनुरुप प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा पनि ७ सिट पुर्‍याएको छ।

राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा १४ सिट पुर्‍याएसँगै राष्ट्रिय राजनीतिको पाँचौँ शक्ति बन्न सफल भएको छ। २०७४ को निर्वाचनमा राप्रपा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिटमा खुम्चिएको थियो। यस पटक राम्रपाले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत प्राप्त गर्दै प्रतिनिधि सभामा समानुपातिकतर्फ ७ सिट जितेको हो।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा प्रतिनिधि सभामा समानुपातिकतर्फ सदस्य चुनिने छन्। संवैधानिक व्यवस्थाअनुसार तीमध्ये राप्रपाले बन्दसूचीमा परेका दुई महिलालाई अनिवार्य प्रतिनिधि सभा सदस्य बनाउनु पर्ने छ। 

विद्यमान संवैधानिक व्यवस्थामा प्रतिनिधि सभामा आदिवासी–जनजाति २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनुपर्ने विषय अनिवार्य छ। जसअनुसार विभिन्न क्लस्टरअन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा नाम समावेश भएका १५ जनाबाट राप्रपाले ७ सदस्य छान्नु पर्ने देखिन्छ। 

विभिन्न क्लस्टर अन्तरगत पहिलो नम्बरमा बन्दसूचीभित्र पर्न सफल बुद्धिमान तामाङ, बिना लामा, सुमित्रा गुरुङ, पशुपति शमशेर जबरा, रोशन कार्की, देवकुमारी पराजुली, कृष्णमाया हिताङ, गिरिधारीप्रसाद चौधरी, शिलाकुमारी थारु, ऋषिबाबु परियार, अनिसा नेपाली, प्रह्लादप्रसाद साह, बिना जयसवाल, अन्जरा आलम र नाजिया खातुन मध्ये ७ जना समानुपातिक सांसद हुने निश्चित छ। 

बुद्धिमान तामाङ आदिवासी–जनजाति क्लस्टरअन्तर्गत पुरुषबाट र बिना लामा महिलाबाट पहिलो नम्बरमा पार्टीको बन्दसूचीमा परेका छन्। पशुपति शमशेर जबरा खस–आर्य क्लस्टरमा पुरुषतर्फ र रोशन कार्की महिलातर्फ बन्दसूचीको १ नम्बरमा राखिएका छन्।  पिछडिएको क्षेत्रबाट आदिवासी–जनजाति क्लस्टरअन्तर्गत महिलातर्फ सुमित्रा गुरुङ, खस–आर्य क्लस्टरमा महिलातर्फ कृष्णमाया हिताङ तथा पुरुषतर्फ श्यामबहादुर शाहीको नाम बन्दसूचीको पहिलो नम्बरमा समावेश छ।

खस–आर्य क्लस्टरमा अपाङ्गता भएकाबाट देवकुमारी पराजुलीलाई, थारु क्लस्टरमा पुरुषतर्फ गिरिधारीप्रसाद चौधरी र महिलातर्फ शिलाकुमारी थारुलाई, दलित क्लस्टरमा पुरुषतर्फ ऋषिबाबु परियार र महिलातर्फ अनिसा नेपालीलाई एक नम्बरमा राखेर राप्रपाले बन्दसूची बुझाएको छ। 

यस्तै मधेशी क्लस्टरमा पुरुषबाट प्रह्लादप्रसाद साह र महिलाबाट बिना जयसवाल तथा मुस्लिम क्लस्टरमा पुरुषबाट अन्जरा आलम र महिलाबाट नाजिया खातुनको नाम बन्दसूचीमा पहिलो क्रममा सूचीकृत छ। 

राप्रपाबाट राजेन्द्र लिङ्देन (झापा–३), धवलशमशेर जबरा (बाँके–२), दीपक बोहरा (रुपन्देही–३), विक्रम पाण्डे (चितवन–३), ज्ञानेन्द्रबहादुर शाही (जुम्ला), दीपकबहादुर सिंह (मकवानपुर–१) र धु्रवबहादुर प्रधान (नवलपरासी–२) प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट