भिनाजुको हत्या गरी फरार भएका ढुंगाना आफैं आए प्रहरी सम्पर्कमा

साझासवाल
1 Min Read

मङ्सिर २२, कैलाली | भिनाजुलाई कुटपिट गरी हत्या गरेर फरार भएका साला गौरीलाल ढुंगाना प्रहरीको नियन्त्रणमा आएका छन्। कैलाली जोशिपुर गाउँपालिका ६ का ५० वर्षीय ढु‌गाना बुधबार नियन्त्रणमा आएका छन्।

आपसी विवादपछि साला पदमराज भण्डारी र जयराज भण्डारीलाई ढुंगानाले हसिया प्रहार गरेका थिए। पदमराज भण्डारीको मृत्यु भइसकेको छ भने जयराजको उपचार कोहलपुर शिक्षण अस्पतालमा भइरहेको छ।

हसिया प्रहारपछि फरार भएका ढुंगाना आफैं प्रहरीको सम्पर्कमा आएका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।

Share This Article
Leave a Comment

Leave a Reply