2026-06-16 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस प्रदेश-१ संसदीय दलमा तीन जनाको उम्मेदवारी, पछि हटे पराजुली

२०७९ पुष १४, बिहीवार

पुस १४, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा संस्थापन पक्षका दुईसहित तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापाले उम्मेदवारी दर्ता गराउँदा संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। 

दलको नेता दाबी गरिरहेका भीम पराजुली उद्धव थापाको समर्थक बसेका छन्। सिटौला पक्षबाट दुई जना हुने भएपछि उद्धव मात्रै अघि सरेका हुन्।  

संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका हुन्। संसदीय दलमा  शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ। 

अहिले प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको नेता हुन पाइने र भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्वको अवसर आउने सम्भावना भएको भन्दै कांग्रेसभित्र तीव्र प्रतिष्पर्धाको अवस्था छ। 

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्। कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ। त्यसका लागि १५ मत आवश्यक पर्छ। 

हालसम्मको अवस्थामा कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै  देखिन्छ।

१४ औं महाधिवेशनताकाकै अवस्था विद्यमान रहेको अवस्थामा देउवा पक्षमा ११ देखि १२ सांसद देखिन्छन् भने सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना छ। तर, केही सांसदलाई देउवा र शेखर समूह दुवैले आफ्नो समूहमा राखेका छन्।  

संस्थापन पक्षको पनि देउवा समूहले आफ्नो समूहमा १२ जना रहेको दाबी गर्दै आएको छ।  

अमृत अर्यालसहित हिमाल कार्की, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदीपकुमार सुनुवार, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरूङ र ममता मगर तामाङ गरी १२ जना आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ । 

शेखर कोइराला–गगन थापाहरूले नेतृत्व गरेको संस्थापनइतर समूहले आफूसँग १० जना रहेको दाबी गर्दै आएको छ।

केदार कार्कीसहित  शमसेर राई, रामकुमार खत्री, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल सांसद छन्। यो समूहले मैया श्रेष्ठ र लीलादेवी राईलाई पनि आफ्नै समूहमा गणना गरिरहेको छ। 

सिटौला समूहबाट उद्धव थापा र भीम पराजुलीसहित भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते