2026-06-16 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसदमाथि सहकारीको लाखौं हिनामिना आरोप

पुस २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । कात्तिक ९ गते भएको संस्थाको २० औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उक्त सहकारीले विशेषगरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको छ ।


तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले बताएको छ ।

हालको नेतृत्वलाई सांसद श्रेष्ठ नेतृत्वको निवर्तमान कार्यसमितिले कुनै पनि हिसाब नबुझाउँदा सेवाग्राहीले आफूले गरेको बचतसम्म फिर्ता नपाउने स्थिति बनेको हालका अध्यक्ष डा. पाठकले गुनासो गरेका छन् ।

‘हामीलाई पनि उहाँ (डा. श्रेष्ठ) ले आफैं तोकेर नै मनोनित गर्नुभएको हो । म पनि भेटनरी डाक्टर नै हुँ । आफू पनि सिकौंला, राम्रो गरौंला भनेर हुन्छ भन्यौं । प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो’ डा. पाठकले भने, ‘अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?’

संस्थाका कोषाध्यक्ष तारापति सुवेदीले नयाँ कार्यसमिति गठन गर्दा नै झुठो प्रतिवेदन देखाएर आफूहरुलाई फसाएको आरोप लगाएका छन् । ‘अर्कै फिल्डको मान्छे, सहकारीमा लागेर सहयोग गर्न खोजेको भन्ने भयो’ उनले भने, ‘प्रतिवेदन र सहकारीको हिसाबकिताब केही मेल खाँदैन । राम्रै होला भनेर जोडिएको हुँ । अहिले घरबारै बेच्नुपर्ने स्थिति आउन लाग्यो ।’

तारापतिले कोषाध्यक्ष पद सम्हाल्दा १ करोड ३ लाख रुपैयाँभन्दा बढी बजारबाट उठ्न बाँकी रहेको भेटिएको सुनाए । तर, त्यसमध्ये विभिन्न मासु पसलको नाममा गएको ९९ लाखको कुनै पनि कागजपत्र नभेटिंदा रकम उठाउन नसकिएको उनले भनाइ छ ।

‘९९ लाखको कुनै प्रमाण छैन । तमसुक पनि छैन । विभिन्न मासु पसलको नाममा गएको देखिन्छ’ कोषाध्यक्ष तारापतिले महानगर सहकारी महाशाखामा भने, ‘फिल्डमा जाँदा कुनैकुनै पसल नै भेटिएन, कुनै उहिल्यै छोडेर भागिसकेको भेटियो । भएकासँग पनि प्रमाण विना कसरी झगडा गर्दै हिंड्ने ?’

अध्यक्ष डा. पाठकले प्रतिनिधिसभा चुनाव अगाडि नै यो कुरा उठे पनि निवर्तमान श्रेष्ठले विभिन्न बहाना गरेर पन्छिंदै आएको सुनाए । ‘पहिले राजनीतिमा लाग्छु, तपाईंहरु संस्था सम्हाल्नुुस् भनेर हामीलाई मनोनित गर्नुभयो । पछि सांसद हुने भएँ, पछि मिलाउँला भन्नुभयो’ उनले भने, ‘अहिले सम्पर्क गर्न खोज्दा मन्त्रीका लागि लबिङ गर्दैछु, व्यस्त छु भन्दै आउनुभएको छ ।’

‘सबै हेरेर ल है भनेर टीकाटालो गरेर फुल अधिवेशन गराएर, साइन गराएर, बन्द सत्र, खुला सत्र सब गरेर छोडेको हो, केही कुरा छ भने त्यसलाई हेर्न सकिन्छ । अहिलेका अध्यक्ष र सचिवलाई राखेर हेर्नुपर्‍यो, अहिले म संसदमा छु माथि ।’

उठ्नुपर्ने रकमको स्रोत नै नखुल्दा बचतकर्ताहरुलाई रकम फिर्ता गर्नसमेत संस्थासँग रकम नभएको संस्थाले जनाएको छ । संस्थाले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि अहिले एकअर्काबीच आरोप प्रत्यारोप चलेको छ ।

पुरानो कार्यसमितिमा पनि सदस्य रहेका हालका सहसचिव हर्क नेपालीले आफूले पनि डा. ढाकाकुमारलाई पटकपटक खबर गरिसकेको सुनाए । ‘यसरी हिंड्न मिल्दैन भनेर पटकपटक भनेकै हो । किन के कमजोरी भएको हो भन्ने प्रष्ट नहुँदासम्म उन्मुक्ति पाउनुहुन्न भनेकै हो’ उनले भने, ‘उहाँ संस्थापक पनि भएकाले यसबाट पन्छिन मिल्दैन ।’

पहिले र अहिले दुवैमा उपाध्यक्ष रहेका चेत हमालले भने संस्थाले कार्यालय स्थापना, संस्थाको भवन बनाउँदा र कर्मचारीको तलबमा ठूलो पूँजी खर्च भएकाले घाटामा जानुपरेको सुनाए । ‘नाफाबाट कर्मचारी पाल्नुपर्नेमा पूँजीबाटै राख्यौं । भवन पनि बनायौं, अफिस बनायौं ठूलो खर्च भयो’ उनले भने, ‘हिनामिना नै हो भन्ने मलाई लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ