2026-10-24 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० हजार वर्षपछि देखिंदैछ जेटीई पुच्छ्रेतारा, भोलिदेखि देख्न सकिने

पुस २८, काठमाडौँ | आजभन्दा ५० हजार वर्ष पहिले अर्थात् हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि शुक्रबार पुन: पृथ्वीबाट देख्न सकिने भएको छ ।

वैज्ञानिकहरुले C/2022 E3 (ZTE) नाम दिएको यो पुच्छ्रेतारा शुक्रबार बिहानबाट अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए । उनले भने, ‘आजभन्दा ५० हजार वर्ष पूर्व हिमयुगमा देखिएको हरित रङ्गको पुच्छ्रेतारा पृथ्वीबाट फेरि देख्न सकिन्छ । होमो सेपियन्स अर्थात् हाम्रा पूर्वजहरु पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा देखिएको थियो । भोलि शुक्रबारबाट नेपालबाट पनि देख्न सक्छौं।’

उनका अनुसार यो पुच्छ्रेतारा सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने भएकोले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिनेछ । आँखाले देख्न नसके पनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिने उनले बताए । अहिले आँखाले देख्न नसक्ने भए पनि माघ १८ गतेपछि भने केही समय आँखाले पनि देख्न सकिने उनले बताए ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको नजिक माघ महिनाको दोश्रो सातासम्म बेलुकी ७ बजेपछि देख्न सकिने उनले बताए । उनले भने, ‘हाम्रा पूर्खा तथा होमो सेपियन्सले सायद उक्त पुच्छ्रेतारालाई विगतमा अवलोकन गरेका होलान् र कालान्तरमा उक्त पुच्छ्रेतारा काल चक्रमा प्रवाहित हुँदै सौयमण्डलको वृहत्तर विशाल दुरीलाई छिचोल्दै पुनः हामी सामु प्रकट भएको छ ।’

यो पुच्छ्रेतारा माघ १८ गते मा पृथ्वीको नजिकमा ४२ करोड कि.मि.को दूरीसम्म आइपुग्ने शर्माले बताए । उनले थपे, ‘अहिले हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्द्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने माघपछि दक्षिणी गोलार्द्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।’

पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ । डाइकार्बन अणुहरुको कारणले गर्दा यो तारा हरियो रङ्गको देखिने भएको हो । कुनै समयमा कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरु वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ । वैदिक युग तथा महाभारत युगभन्दा पनि धेरै पहिला पृथ्वीको नजिकमा आइसकेको उक्त पुच्छ्रेतारालाई बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि निरन्तर रुपमा अध्ययन-अवलोकन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने