माघ १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलोगरी सुरु भएको हो। बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोली बस्ने स्थायी कमिटी बैठको एजेण्डाबारे छलफल हुने जनाइएको छ।

रवि लामिछाने नागिकता विवादामा मुछिएपछि उनको सांसद,उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमेको छ। उनी गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृहमन्त्रालय आफैसँग राखेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्।

लामिछाने बाहिएपछि रास्वपाले भने गृहमन्त्रीमा पुन:दावी गरेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपालाई पुन:गृहमन्त्री नदिने मनस्थितिमा छन्।

नागरिकता लिएपछि लामिछानेले गृहमन्त्रीकै विषयमा प्रधामन्त्री प्रचण्डसँग दुई पटक भेट गरिसकेका छन् । तर,सो विषयमा प्रधानमन्त्री सकारात्मक नदेखिएको बालुवाटार स्रोतले बताएको छ।

आजै बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रास्वपाका सभापति लामिछानेले गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान दोहोर्याएको बताइएको छ। लामिछानेले सत्ता बाँडफाँडमा आफ्नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपा स्रोतले जनाएको छ।