२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हतियारधारी समूहद्वारा दिउँसै बैंक लुटपाट घटना : बैंककै कर्मचारी प्रहरी निगरानीमा, लुटेराहरु भारत पुगेको आशंका

२०८०, २६ जेष्ठ शुक्रबार ०७:१९

जेठ २६, महोत्तरी । जेठ १६ गते दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा सञ्चालित एनएमबी बैंकमा लुटपाट भएको घटनाका आरोपित अझै पत्ता लाग्न सकेका छैनन्। लुटपाट भएको १० दिन बित्दा पनि लुटेराहरुको पहिचान हुन सकेको छैन।  जेठ १६ गते दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको थियो। उक्त दृश्य सीसीटीभी फुटेजमा प्रष्टै देखिन्छ। तर सीसीटीभीमा देखिएको हुलियाको आधारमा अनुसन्धान गरेको प्रहरीले बताए पनि घटना अझै रहस्यमय बन्दै गएको छ।

लुटपाट गर्ने आएकाहरु सबैले हातमा पेस्तोल बोकेका थिए। उनीहरुले मुखमा पट्टी बाँधेका थिए भने बैंकबाट पोको बोकेर बाहिर निस्केको फुटेजसमेत देखिन्छ। लुटपाट हुँदा बैंकमा सर्वसाधारण रहेको फुटेजमा देखिन्छ। तर उनीहरुले भने लुटपाटको दृश्य हेरिमात्र रहेका हुन्छन्। सीसीटीभी फुटेजमा यतिसम्मको दृश्यहरु देखिँदा समेत अहिलेसम्म लुटेराहरुको पहिचान समेत हुन सकेको छैन।

प्रहरीले विभिन्न कोणबाट घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको बताए। पटेके चोर-डाँकादेखि यसअघि जेलमा बसेर छुटेकाहरुको विवरण केलाउने, सीसीटीभीमा देखिएको हुलियाको आधारमा मान्छेहरु निगरानी गर्ने काम भइरहेको प्रहरीले बताए। योसँगै म्यानुअल्ली र प्राविधिक कोणबाट पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

योसँगै बैंकका कर्मचारीमाथि पनि निगरानी राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। लुटपाट घटनामा प्रहरीको मिलेमतो पनि हुन सक्ने सम्भावनालाई आधार मान्दै बैंककै कर्मचारीमाथि पनि निगरानी बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ। लुटपाटका बेलामा बैंकका कर्मचारीबाट कुनै प्रतिकार नहुनु तथा प्रहरीलाई जानकारी नगराउनु, सेवाग्राही नभएको मौकामा लुटपाट हुनु जस्ता कुराहरुले बैंकका कर्मचारीमाथि पनि निरागनी गर्नुपर्ने ठाउँहरु देखिएको प्रहरी स्रोतले जनाएको छ। 

बैंकमा त्यति नै बेला रकम जम्मा भएको छ भन्ने जानकारी कसरी लुटेराहरु पाए भन्ने कोणबाट पनि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। लुटेराहरुले योजनाबद्ध ढंगले बैंक लुटेको विश्लेषण गरिएको छ। 

लुट्नुभन्दा अघि पटक पटक बैंकमा रेकी गर्नु, भाग्न सक्ने अवस्थाको बारेमा जानकारी लिएर योजनाबद्ध तरिकाले लुटपाट गरिएको आशंका प्रहरीको छ। लुटपाट गर्ने बेलामा बैंकमा पुग्दा समेत उनीहरु दुई वटा मोटरसाइकलमा पुगेको देखिएको छ। लुटपाटपछि पनि उनीहरु सोही मोटरसाइकल चढेर भागेको बताइएको छ। तर यति हुँदा समेत लुटेराहरु भने अहिलेसम्म पहिचान हुन सकेका छैनन्।

लुटेरा भारत पुगेको आशंका

बैंक भएको ठाउँबाट लक्षिण सीमा अर्थात् भारत जम्माजम्मी १० किलोमिटरको हाराहारीमा छ। जस कारण लुटेराहरु बैंक लुट्नासाथ भारत पुगेको हुन सक्ने आशंका गरिएको छ। अहिलेसम्म उनीहरु पक्राउ पर्न नसक्नुले पनि लुटेराहरु भारत पुगेको आशंका प्रहरीले गरेको छ। 

‘हामीले महोत्तरी र आसापासका क्षेत्रमा लुटेराहरुको पहिचान तथा निगरानी गरिरहेका छौं। तर अहिलेसम्म कुनै क्लु भेट्न सकिएको छैन। त्यस कारण लुटेराहरु भारत पुगेको आशंका गरिएको छ। हाम्रो टोलीले पनि भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको छ,’ महोत्तरी प्रहरी स्रोतले भन्यो। 

बैंकले सुरुमा ३८ लाख रुपैयाँ लुटपाट भएको दाबी गरेको थियो। तर पछि अनुसन्धानको क्रममा भने १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ लुटपाट भएको खुलेको थियो।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु