सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक रा"/>
2026-07-06 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

ट्राफिक राजस्व र कारबाहीमा वृद्धि

सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक राजस्व बढ्दै गएको देखिएको हो। ट्राफिक नियम उल्लङ्घन गर्ने र लापरबाहि गरि सवारी साधन चलाउने प्रबृती बढेपछी राजस्वमा समेत वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय देबिस्थान प्युठानले जानकारी दिएको छ। नियमित चेकजांचको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित्ता दिन थालेपछी ट्राफिक नियम उल्लङघन गर्नेको संख्यामा वृद्धि भएको देखिएको हो।

यो तीन बर्षको अबधिमा नियमविपरीत सवारी साधन चलाए बापत कारबाहीस्वरूप ५७ लाख ३२ हजार ९ सय ५० रुपैयां राजस्व संकलन भएको ट्राफिक  प्रमुख प्रहरी नायब निरिक्षक पुष्प बहादुर कडायतले जानकारी दिए। झन्डै १९  हजार सवारीसाधन कारबाहिमा परेको कडायतले जानकारी दिए।  जिल्ला ट्राफिक कार्यालयले  आव ०७०-७१ मा  १३ लाख ८० हजार ६ सय ५० र आव ०७१-७२ मा १६ लाख ३८ हजार  ९ सय रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार आर्थिक बर्ष ०७२-७३ मा सबै भन्दा बढि २१ लाख १० हजार ४ सय रुपैया राजस्व असुली भएको छ।चालु आर्थिक बर्षको साउन र भदौ महिनामा मात्र ६ लाख ३ हजार राजस्व संकलन भएको कार्यालयको तथ्याङमा उल्लेख छ।

कडायतले सवारी नियमविपरीत सवारी चलाउने चालकलाई गरिने कारबाही संख्यामा पनि वृद्वि भएको बताए । आव ०७०-७१ मा ५  हजार ९ सय जनालाई कारबाही गरिएकामा आव ०७१-७२ मा ६ हजार ३ सय ५० जनालाई कारबाही गरिएको थियो।त्यस्तै आर्थिक बर्ष ०७२-७३ मा कारबाहिको संख्या आंशिक रुपमा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक कडायतले जानकारी दिए ।गत आर्थिक बर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने  ६ हजार ५ सय सवारीसाधन कारबाहिमा परेका थिय।

धेरै जसो मोट्ररसाइकल कारबाहिमा परेका छन। धेरै युवाले नियम उल्लङ्घन गर्ने र लापरबाहिका कारण मोटरसाइकल कारबाहिमा पर्ने गरेको छ।जिल्लामा मापासे गरि सवारी चलाउनेलाइ ट्राफिक नियम अनुसार लाइसेन्स प्वाल पार्ने कार्यक्रम छ।कार्यालयले भन्यो।ट्राफिक कारबाही बापत जेठ १ गते देखि कायम गरिएको नया ट्राफिक दस्तुर जिल्लामा समेत लागू गरिएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब निरीक्षक कडायतले भने, ‘हामीसँग भएका सिमित साधनस्रोतको प्रयोग गर्दै कार्यसम्पादन गरिरहेका छाँै, विभिन्न चुनौतीको सामना गर्दै ट्राफिक प्रहरी आप्mनो जिम्मेवारी पूरा गर्न कटिबद्व छ ।’

चाडपर्वका वेला सडक दुर्घटना बढी हुने तर्फ ध्यान राख्दै ट्राफिक  चेेकजांचलाइ तिब्रता दिएको उनले बताए।चाडबाडका वेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने र सवारी साधनले क्षमताभन्दा बढी यात्रु बसाउनाले सवारी दुर्घटना हुने गरेको उनले दाबी गरे । उनले चाडबाडका वेला सतर्कता अपनाउँदै चेकजाँचलाई तीव्रता दिँदै आएको बताए । ‘चाडबाड नजिकिँदै गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यसतर्फ संवेदनशील हुँदै चेकजाँच तथा अनुगमनलाई तीव्रता दिने गरेका छौँ,’ उनले भने ।

जिल्लामा दुर्घट्ना न्युनिकरण र यात्रुहरुको सुरक्षित यात्राका लागि ट्राफिक नियम समबन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरी जवान चन्द्र नगरकोटिले बताए।सवारी चालक तथा सहचालक, बिध्यार्थीहरुलाइ स्कुल स्कुलमा पुगी ट्राफिक नियमका बारेमा जानकारी गराइएको उनको भनाइ छ।सडकसंग समन्वय गरि ट्राफिक संकेत राखिएको उनले बताए। हाल जिल्लाका देबिस्थान, सदरमुकाम खलङ्गा,बाग्दुला, बिजुवार भिङ्ग्री र दरभान क्षेत्रमा ट्राफिक प्रहरी परिचालन गरिएको नगरकोटिले जनाए।अहिले जिल्लामा नौ जना ट्राफिक दरबन्दी रहेकोमा दुई जना करार सहित ११ जना कार्यरत रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै