असार १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।

ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयलले जनाएको छ ।

भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्ज ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहर छ ।

विदेशको उडान साँझ परेपछि हुने हुँदा बेलुकीपख अन्तर्राष्ट्रिय ट्रमिनल भवन अगाडि यात्रुका आफन्तहरूको ठूलो भीड लाग्ने गर्छ ।

Related News