२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार, गर्भमा ६ महिनाको बच्चा रहेको पुष्टि

२०८०, २ भाद्र शनिबार ०८:०८

भदौ २, डोल्पा | डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी गरेका छ । 

पीडित परिवारका अनुसार, डोल्पाको जगदुल्ला गाउँपालिकामा ९ जना युवा मिलेर १५ वर्षीय बालिकामाथि बलात्कार गरेका थिए । बालिकाको गर्भमा ६ महिनाको बच्चा रहेको पुष्टि भएपछि घटनाबारे बालिकाले भनेकी हुन् । बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएसँगै संलग्न ९ मध्ये ३ जना पक्राउ गरेको डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले  जानकारी दिए । 

घटना करिब ६ महिना अगाडिको हो । जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए । 

एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ ।  फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

पहिला घटनाबारे थाहा भएन । पछि बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि आफन्तले उनीहरूका नाममा किटानी जाहेरी दिनुभएको छ’, डीएसपी बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु