2026-07-25 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘व्यवसायिक पत्रकारिताको अस्तित्व’ – भीम लामा

निश्पक्ष र सहि ढंगले सत्य घटनामा आधारित सूचनाहरु सञ्चार माध्यमबाट आम नागरिकमाझ जानकारी गराउने प्रक्रिया पत्रकारिता हो । पत्रकारिता आम नागरिकको सहि जानकारी लिने र दिने एक  विश्वाशसिलो माध्यम हो । यस अर्थमा पत्रकारिता समाजको ऐनाको रुपमा चित्रित हुनुपर्दछ । विश्वासको आधार प्रतिविम्बा गर्ने क्षेत्र भएकाले पत्रकारिता पेसा अपनाउने  पत्रकार तथा सञ्चारकर्मीहरु संवेदनशील बन्न जरुरी छ । 

विश्व प्रविधि र आधुनिकताको युगसंगै सञ्चार जगतमा परिवर्तनका आयामहरु निकै बढेपनि नेपाली पत्रकारिता क्षेत्रमा भने फड्को मार्न सकेको छैन् । लोकतन्त्रको अभ्यासको नाममा पत्रकारिता क्षेत्रमा बढ्दै गएको मनपरीतन्त्रले सञ्चार क्षेत्र धुमिल भएको छ । पत्रकारिता पेसा गर्नेहरु दलगत रुपमा विभाजन यसको मूल कारक तत्व हो । सीमित राजनीतिक दल तथा तीनका नेताहरुको प्रचार गर्ने सुत्रधार समेत पत्रकारको बिल्ला भिर्दै हिडेकाले  व्यवसायिक पत्रकारिता क्षेत्रमा नकारात्मक प्रभाव बढेको छ । 

दलगत पत्रकारको हाबि बढि हुँदै गएपछि उत्पन्न तंरगले पत्रकारिता क्षेत्र र पत्रकारमाथी बारम्बार प्रश्न खडा हुने र सुरक्षाको चुनौति खेप्नु परेको छ । पत्रकारिता आचारसंहित र पत्रकारिताको मर्म विपरीत समाचार सम्प्रेशन हुनु नै पत्रकारमाथीको चुनौती उत्पन्न हुनु हो । पत्रकारिता क्षेत्रलाई प्रभावित हुने गरी व्यक्ति विशेष र राजनीतिक दलको आदेशमा सञ्चालित थुप्रै सञ्चारमाध्यम र मनोभावनाबाट प्रेरित समाचार तथा विषयबस्तुले आम नागरिकमाझ मिडिया र पत्रकारिता क्षेत्रलाई हेर्ने दृष्ट्रिकोण नकारात्मक बनाएको छ । पत्रकारिताको क्षेत्राधिकार र मर्यादा विपरीत व्यक्ति पोस्ने र भ्रमित विषयबस्तुले गर्दा आम सञ्चारजगतमा थप चुनौति बढेको छ । 

प्रायोजित दलगत सञ्चारगृह र प्रचारकहरुले सम्प्रेशन गर्ने विषयबस्तुले गर्दा व्यवसायिक पत्रकारिता र सञ्चारगृहमा नकारात्मक असर पर्नुको साथै वास्तविक श्रमजीवी तथा पेसागत सञ्चारकर्मीहरुलाई गुमनाममा पारेका छन् । निकै लामो समयदेखि विषयगत अध्ययन र कर्म क्षेत्र अपनाएका श्रमजीवि पत्रकारहरुलाई समेत राजनीतिक दलको भातृ संगठनमा  लागेर नेतृत्व गरेका तर समाचार नलेख्ने पत्रकारको नाम बिकाउन जान्नेहरुले  आफ्नो मुठ्ठिीभरमा बस्न बाध्य बनाएको छ । 

श्रमजीवि पत्रकारको सुरक्षा र हकहितको नारा बोकेर आफ्नो दलको स्वार्थ मेटाउन सिपालु पत्रकार संगठनका स्वघोषित पत्रकारहरुले गर्दा सञ्चारगृह र पत्रकारिता क्षेत्रमा विश्वासनियता कम भएको छ । निश्पक्ष, स्वतन्त्र र विश्लेषणात्मक सामाग्रीभन्दा बढि पित पत्रकारिता गराउने अभ्यासको आरम्भ भएपछि पत्रकारमाथी रिस, आक्रोश र दूव्र्यवहार हुने घटना बढ्दो छ । 

पछिल्लो समयमा नेपाली पत्रकारिता क्षेत्रमा र सञ्चारकर्मी बन्ने योग्यता र क्षमताको दायरामा स्पष्ट नीति नबनेकाले नकारात्मक तत्वहरुले आक्रमण गर्न थालेको छ । विश्व आधुनिकतासंगै पत्रकारिता क्षेत्रको विकासमा नयाँ फड्को मारेपछि नेपाली पत्रकारितामा केही नयाँपन आएको छ । छापा हुँदै श्रव्य/दृश्य र कान्छो पत्रकारिताको रुपमा लिएको अनलाईन डिजिटल पत्रकारिताको युगमा आईपुग्दा सुधारको ठाउँमा बढि विकृति उत्पन्न भएको पाएको छ । पत्रकारहरुको सिर्जनशील कार्यक्षमतामा ह्रास, पत्रकारिताको अस्तित्वबारे अनविज्ञता र दायित्वबाट टाढा हुने असरहरु देखा परेको छ । आफ्नो पेसा र जिम्मेवारीबाट टाढा रहेर व्यक्तिगत गुणगान गाउने र राजनीतिक दलकै वरीपरी रहेर रम्दै आएका छन् । विद्यागत पत्रकारिताको अभ्यासलाई समेत ओझेलमा पारेर शीर्षक राख्ने होडबाजीले नकारात्मक शीर्षकबाट सम्प्रेशित पत्रकारिताले झन मिडियामा आलोचना बन्न बाध्य पारिएको छ । 

पत्रकारिता समाज र राष्ट्रका पहारेदार हुन भन्ने कुरा बिर्सिनु भनेको आफ्नो पेसाबाट टाढा रहनु सराह हो । ‘पत्रकारीता राजनीतिक दलको छत्रछायाँबाट टाढा रहनुपर्छ’ यसको अर्थ पत्रकारितामा कसैको दबाब र प्रभावमा चल्न मिल्दैन । व्यक्तिगत रुपमा राजनीतिक दलको आस्था र विचारमा रहेता पनि पत्रकारिता क्षेत्रमा भने स्वच्छा र निश्पक्ष हुन जरुरी छ । राजनीतिक पक्ष पोशनभन्दा बाहिर रहेर पत्रकारिताको धर्म निभाउन सकेमा नेपाली सञ्चार क्षेत्रमा काँचुली फेर्ने सम्भावना आउन सक्छ ।  शीर्षकमै रमाउने पत्रकारिताले गर्दा समाजमा वितृष्णा मौलाएको छ । अवको पत्रकारिता विकास निर्माणमूखि हुनुपर्दछ । निर्माणका कार्यमा देखिएका ढिलासुस्ती, अनिमियतताको खबरदारी र जनताको सहभागीतालाई विशेष प्राथमिकता दिदैँ सञ्चार गरिएमा परिवर्तनको आधार तयार हुनेछ । परिवर्तनको आधार सञ्चार क्षेत्र भएकोले सञ्चारसंग आवद्ध व्यक्तिहरुले विकास निर्माण, शिक्षा, स्वास्थ्य र आर्थिक लगायत पक्षमा सुस्मा तरिकाले पत्रकारिता गर्नु आजको आवश्यकता हो । 

पत्रकार महासंघमा पेसाको अस्तित्व जोगाउने नेतृत्व आवश्यक

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा राजनीतिक आस्था र  विचारभन्दा माथी रहेर पत्रकारिताको अस्तित्वलाई जर्गेना गर्ने खालको नेतृत्वको आउन जरुरी छ ।  आफ्नो जिम्मेवारी तथा भूमिकाबारे प्रस्ट रहेर कार्य सम्पादन गर्ने खालको पत्रकार उत्पादनमा जोड दिनुपर्दछ । 

सरकारी पक्ष होस या बाहिरी पक्षबाट स्वतन्त्र पत्रकारिता गर्ने सञ्चारकर्मीमाथी हुने दमन, हस्ताक्षेप र दूव्र्यवहारको विरुद्ध लड्न सक्नुपर्दछ । सामाजिक आचार र व्यक्तित्वको ख्याल गर्दै पेसाको सम्मान गर्न सक्नु पर्दछ । 

पत्रकारहरुको समूह, संघ संस्था तथा महासंघ विधि र विधानमा टेकेर मार्यदित बन्न सकेमा पत्रकारमाथी हुने हमला रोक्न सकिन्छ । संघ तथा महासंघले समय सापेक्ष सञ्चारक्षेत्रमा लाग्ने सञ्चारकर्मीलाई विभिन्न विद्यामा अभिमूखिकरण गर्दै आफ्नो पेसाप्रतिको उत्तरदायित्वबोध गराउनु पर्दछ । 

अबको पत्रकारिता तथा सञ्चार जगतले विकास निर्माणका सकारात्मक पक्ष र ढिलासुस्तीका बारेमा यकिन गरि गहिराईमा गएर समाचार सम्प्रेशन गर्न आवश्यक छ । विकास निर्माणका चरणमा राज्यबाट सञ्चालित आयोजना वा साना योजनाहरुमा राजनीतिक दल तथा व्यवसायहरुको प्रत्यक्ष सहभागीता रहदै आएकोले त्यस्ता सार्वजनिक चासोको विषयहरुमा इमान्दारिताका साथ आफ्नो कर्म गर्न सकिएमा अनिमियतता र भ्रष्टचारको जोखिम रोक्न सकिनेछ । 

राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन् । सरकारले स्थानीय तह, प्रदेश स्तरीय मन्त्रालय, केन्द्रिय मन्त्रालयहरु, विभाग एवम् अन्य कार्यालयहरुमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी गरेपनि सम्बन्धित क्षेत्रका दक्ष तथा विषयगत व्यक्ति नहुँदा आवश्यक सूचना पाउन नसकि सेवाग्राहीहरु मारमा परेका छन् । 

अब हुने निर्वाचनबाट आएका नेतृत्वहरुबाट पत्रकारिता विषयमै स्नातक गरेका वा तालिम प्राप्त व्यक्तिलाई सरकारी निकायहरुको सूचना शाखामा नियुक्ति वा लोकसेवामार्फत आएका व्यक्ति छनोट गरी सेवा प्रवाहमा ल्याउने कार्यविधि लागु गर्ने खालको एजेण्ड ल्याउन आवश्यक छ । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर प्रवेश परिक्षामा उत्तीर्ण हुने उम्मेद्वारलाई सम्बन्धित शाखा तथा विभाग या सरकारी कार्यालयहरुमा काम गर्ने व्यवस्था गरेमा समृद्धि नेपालको परिकल्पना समेत साकार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक