2026-07-11 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेशसभा सदस्यको मूल्याङ्कनका लागि आज मतदान गराउँदै जनमत पार्टी

भदौ २, काठमाडौँ | जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ ।  जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेशसभा सदस्यको क्षेत्रमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो । जनमत पार्टीका प्रदेशसभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्याङ्कन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दैछन् ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक अनुमोदन मूल्याङ्कन गर्दैछ ।

“सोह्रवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन् । साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ”, सचिव साहले भने । पचास  प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’को प्रक्रिया सुरु हुने उनको भनाइ छ । 

“आज भइरहेको मतदान राइट टु रिकलको एउटा प्रक्रिया हो । यसमा फेल हुने सांसदमाथि कारवाही प्रक्रिया सुरु हुनेछ”। सचिव साहले भने– “यो पहिलो वर्ष भएकाले अहिले नै हटाइ हाल्ने त होइन,तर यो मतदानको परिणामले ठूलो महत्व राख्छ ।” जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको पनि अनुमोदन मूल्याङ्कन गराएको थियो । यस क्रममा २१ जनप्रतिनिधि उत्तिर्ण तथा एक जना अनुत्तिर्ण भएको सो पार्टीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित