By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गैरीगाउँ हत्या आरोपी भण्डारीको बयान- मृतकहरुको नाम घटनापछि मात्र सुनेको हो, एकपटक देखेको व्यक्तिलाई बिर्सिदिनँ (पूर्णपाठ)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > गैरीगाउँ हत्या आरोपी भण्डारीको बयान- मृतकहरुको नाम घटनापछि मात्र सुनेको हो, एकपटक देखेको व्यक्तिलाई बिर्सिदिनँ (पूर्णपाठ)
समाज

गैरीगाउँ हत्या आरोपी भण्डारीको बयान- मृतकहरुको नाम घटनापछि मात्र सुनेको हो, एकपटक देखेको व्यक्तिलाई बिर्सिदिनँ (पूर्णपाठ)

साझासवाल
Last updated: October 13, 2023 8:11 am
साझासवाल
11 Min Read
Share

असोज २६, काठमाडौँ | काठमाडौंको गैह्रीगाउँ सामूहिक हत्या गरेको आरोप लागेका सन्जय भण्डारीले मृतकहरुको नाम घटनापछि मात्र सुनेको बयान दिएका छन् ।

सरकारी वकिल कार्यालयसँगको बयानमा २३ वर्षीय भण्डारीले आफुले एकपटक देखेको व्यक्तिलाई कहिल्यै नबिर्सने पनि बताएका छन् । साथै उनले सामाजिक विभेदको कारण आफु निर्दयी भएको र बिगतमा पनि यस्ता घटना धेरै घटाएको पनि बताएका छन् ।

यस्तो छ उनको बयान-

सांकेतिक भाषाको माध्यामबाट अध्यापन गराईने श्री सिन्धु बहिरा आधारभूत बिद्यालय बाह्रबिसे सिन्धुपाल्चोक फांटको छात्रबासमा बसी कक्षा १ देखी कक्षा ८ सम्म अध्ययन गरी, सो पश्चात काठमाण्डौ नक्सालमा रहेको छात्रबासमा बसी श्री केन्द्रीय बहिरा उच्च माध्यामिक बिद्यालय नक्साल काठमाण्डौमा शिक्षा संकायमा अध्ययन गरी १२ कक्षा पास गरेको छु । १२ कक्षा पास गरेपछी म जस्तै बहिरा साथीहरु रोशन कार्की, पंकज शर्मा र शिवराम मगर भन्ने साथीहरुसँग मिलि काठमाण्डौ धुम्बराही स्थित धिरज नकर्मीको घरको एउटा कोठा भाडा लिई ३/४ महिना जती बस्यौ । त्यसपछी गाउँको घर सिन्धुपाल्चोक गई बसें, समय समयमा काठमाण्डौ आउने जाने गर्दथिएँ । २०७९ कार्तिक तिर काठमाण्डौ आई कांडाघारी स्थित कान्छी दिदीको डेराकोठामा लगभग ३/४ महिना बसी कम्प्युटर सिकें । पुनः गाउँको घर सिन्धुपाल्चोक बाह्रबिसेमा गई बसेकोमा घटनाको दिन काठमाण्डौ आई घटना घटाएको हुँ ।

मिति २०८०-०५-२९ गते राती तीन कुने स्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योगमा मैले चार जना व्यक्तिको हत्या गरेको हुँ । मैले हत्या गरेको मृतकहरुको नाम बिशाल भन्ने नविन राई, कुमार भन्ने पूर्ण बहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल भन्ने पछी थाहा पाएको हुँ । म तिक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एक पटक देखेको व्यक्तिलाई सधै चिन्न सक्छु र हरेक कुरा लामो समय सम्म दिमागमा राख्न सक्छु । मलाई मोटर साईकलले ठक्कर दिदा, मैले ठक्कर दिने मोटर साइकल चालककोअनुहार, आखा, शरीरको जिउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भई रहेको थियो । दुर्घटना पश्चात मोटरसाइकल कोटेश्वर तर्फ गएको थियो ।

सोहीअनुसार मलाई ठक्कर दिई उपचार खर्च नदिई हातपात गर्ने मोटर साइकल चालकको म निरन्तर खोजीमा थिएँ । सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटर साईकल चालकलाई पैदल हिँडेको अबस्थामा देखी मैले निजलाई चिनीहाँले । म निजको पिछा गर्दै जादा काठमाण्डौ तीनकुने स्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योग भित्र छिरे, त्यसपछी पटक पटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिम तर्फको फलामे डण्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरुमा बस्ने गरेको निश्चित भई मलाई ठक्कर दिने मोटरसाईकल चालक उक्त काष्ठ उद्योगमा बस्ने गरेको यकिन भयो ।

निजको नाम नविन राई भन्ने पक्राउ परेपछी थाहा पाएको हुँ। मलाई ठक्कर दिई, हातपात गरी मेरो आत्म सम्मानमा चोट पुर्याउने मोटर साईकल चालक नविन राई बस्ने स्थान पत्ता लगाई सकेपछी मैले निजलाई मार्न सकिने अबसर खोज्दै गर्दाको अवस्थामा म सिन्धुपाल्चोक बाह्रबिसे स्थित आफ्नो घरमा गई करिब एक/दुई महिना जती घरमा बसेँ । घटनाको अघिल्लो दिन बेलुका काठमाण्डौ गई मलाई ठक्कर दिने मोटर साइकल चालकलाई मार्नु पर्छ भन्ने लाग्यो र भोली काठामाण्डौ गई मार्ने योजना बनाएँ । सोही अनुसार घटनाको दिन नविन राईलाई मार्नको लागी पहिले देखी घरमा राखेको खुकुरी, मेरो परिचय पत्रहरु, कपडा समेत झोलामा राखी, लिई अन्दाजी बिहान ११ बजे तीर बाह्रबिसे स्थित अरनीको यातायातको काउन्टरमा आई अपाङ्ग छुटको सुबिधा लिई भाडा तिरी बस चढी काठमाण्डौ हिडे, बेलुका अन्दाजी ४ बजे तीर बसले काठमाण्डौ कोटेश्वर ल्याई पुरÞ्यायो र सोही स्थानमा बसबाट उत्रिएँ । कोटेश्वरबाट अर्को गाडी चढी चाबहिल गई उत्रिएँ, चाबहिलबाट पदैल हिड्दै गहना पोखरी हुदै नक्साल गई म जस्तै बहिरा साथीहरु चित्र बहादुर लामा, मनिष शाह र बिबेक बस्नेतलाई भेटी केही समय सामान्य व्यक्तिगत गफ गरी निजहरुसँग छुट्टिई पुनः नक्सालबाट पैदल हिड्दै गहनापोखरी चाबहिल एरपोर्ट हुदै घटनास्थल तीनकुने गएको हुँ ।

घटनास्थला जाने क्रममा गौशलाबाट मोवाईल अफ गरे । खुकुरी राखेको झोला मैले बोकी हिडेको थिएँ । घटनास्थलमा पुग्दा राती अन्दाजी ७ बजी सकेको थियो । घटनास्थल दिव्य सः मिल एण्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोड तर्फ मुल गेट थियो । मुल गेट अगाडि केही चहलपहल देखिन्थ्यो, सो गेटबाट पश्चिम अन्दाजी १०/१५ मिटरको दुरीमा दिव्य सः मिल एण्ड काष्ठ उद्योगको पश्चिम गेट तर्फ जाने बाटो छ, सो बाटोबाट पश्चित तर्फको गेटमा गएँ। उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्वल उद्योगमा जाने गेट छ सो गेट बन्द थियो, सो बाटो त्यहीँ अन्त्य भएको थियो, अन्यत्र जान आउन सकिने अबस्था थिएन ।

पश्चिम गेट अगाडीको दुई वटै ठुलो घर पुर्ण रुपमा खाली जस्तो सुनसान थियो। त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन । पश्चित गेट फलामको डण्डीहरु जोडी बनाएको थियो, सोही फलामको डण्डीहरुमा टेकी समाती नाघी गेटसँगै रहेको दिव्य सः मिल एण्ड काष्ठ उद्योगको एक कोठे कच्ची टहराको घरमा प्रबेश गरेँ । घटनास्थलमा जाँदा खुकुरी राखेको झोला बोकी गएको थिएँ, शुरुमा प्रबेश गरेको पश्चिम गेट नजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुक्कुल मात्र लगाएको चाबी लगाएको थिएन । चुक्कुल खोली सो कोठा भित्र गएँ, कोठामा चुरोट सल्काई सेवन गरे । लगभग १५ मिनेट जती सोही कोठामा बसेँ । सो कोठाको सामुन्ने अगाडी भुई तला समेत दुई तले कच्ची टहरो घर थियो, सो घरको भुई तला बन्द र माथिल्लो तलाको ढोका खुल्ला, बत्ती बलिरहेको अबस्थामा थियो, उक्त बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भञ्ज्याङ थियो । शुरुमा प्रबेश गरेको कोठाबाट निस्कीई सो कोठाको सामुन्नेको टहरो घरमा गई फलामे रेलिङ गोलो भरÞ्याङ चढी बत्ती बली रहेको माथिल्को कोठामा गएँ । कोठाको बिचमा बार लगाई दुई वटा कोठा बनाई अफिसको लागी प्रयोग गरेका रहेछन्, कोठामा कोही थिएन । केही समय सो कोठामा राखिएको सोफामा बसेपछी बाहिर मान्छे आएको जस्तो लाग्यो, उठेर हेर्दा बाहिर मान्छे हिडेको देखे, उक्त मान्छे पश्चिम गेट तर्फ गई, फर्किई तर्फ गई पुनः फर्किई आउदै थिए ।

आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिई हातपात गर्ने मोटर साईकल चालक नविन राई रहेछन् चिन्ह्री हाले । निज नविन राई म बसेको कोठा तर्फ आउन थाले । म पुर्ब योजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अबस्थामा बसेँ, नबिन राई ढोकामा आई पुग्नसाथै मलाई देखी मेरो गाला माथी टाउकाको भागमा झापाड हाने । मैले दुबै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेपछि रगताम्मे भई ढले । ढलेपछि पनि मैले टाउकोमा पटक पटक प्रहार गरेँ । मर्यो भन्ने यकिन भई निजको गोडामा समाती घिसारी कोठाभित्र छेउमा लगी राखेँ ।

केही समयपछि कोठा बाहिर आँगन जस्तो भागमा अर्का ५०/५५ वर्ष जतीको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो । कोठाबाट तल झरी निजको पछाडी टाउकोमा जोडले खुकुरीले हाने, निज एकै चोटमा ढले। ढले पश्चात पनि टाउकोमा पटक पटक प्रहार गरेँ। मरेको यकिन भए पछी निजको गोडामा समाती घिसारी टहराको पछाडी कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगी लुकाए । निजको शब लुकाई आउँदा सोही ठाउ नजिकै आगनमा अर्को महिला आउदै गरेको देखेँ ।

निजलाई पनि खुकुरी हानेँ, शुरुमा हान्दा छेकेको जस्तो लाग्यो, तत्कालै दोस्रो पटक जोडले हान्दा भुईमा ढली हालिन, निज महिलाको शब पनि दुईवटा गोडामा समाई घिसारी केटा मान्छेको शब लुकाएको ट्वाइलेटको ढोका सामुन्ने पानी तान्ने चापाकलको छेउमा लगी लुकाए। लगतै झोला भिरेकी बुढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुई तिर हेर्दै आउनु भयो, ती बुढी मान्छेलाई समाती घाटी रेटी मारी शबलाई घिसारी काठहरु राखेको कुनामा लगी लुकाए। त्यसपछी यताउता हेरे कसैलाई देखिन, लगभग रातीको ९ जती बजि सकेको सुनसान थियो ।

म थाकी सकेको थिए, शबहरु लुकाएको नजिकै चापाकलको धारामा प्लाष्ट्रिकको बाल्टी थापी रहेको रहेछ, सो धारा थिची धाराबाट पानी निकाली हात, मुख, खुकुरी धोएँ। पानीको सहायताले मेरो कपडामा लागेको रगत पुछे र अफ गरेको मोवाइल अन गरी, मोवाइलको लाइटबाली शरीरको रगत पुछिएको छ, छैन हेरी यकिन गरी घटनास्थलमा प्रबेश गरी चुरोट खाएको पहिलो कोठामा गई आराम गरें ।

लगभग डेढ/दुई घण्टा जती आराम गरेपछी फ्ल्याक्स लाईटहरु आएको जस्तो लाग्यो, घटना सम्बन्धमा थाहा पाई मानिसहरु जम्मा हुन लागेको जस्तो लागि, खुकुरी सहितको झोला बोकी घटनास्थलमा प्रबेश गरेको गेटबाट, गेटमा जडान गरेका फलामको डण्डीहरुमा समाई टेकी, गेट नाघी बाहिर निस्की, दगुर्दै सडक क्रस गरी तीनकुने हुदै कोटेश्वर तर्फ भागेको हुँ ।

नविन राईको हत्या गरेपछि हत्या गरेको स्थानमा अन्य तीन जना व्यक्तिहरु कुमार भन्ने पूर्ण बहादुर भुजेल, अम्बिका भुलेल र सुभद्रा भुजेल आएको देखी निजहरुले मलाई देखी नविन राईको हत्या गर्ने व्यक्ति भनी चिन्ने/चिनाउने भएको हुदा घटनाको प्रत्यक्षदर्शी प्रमाण नष्ट गर्नको लागि निजहरुको पनि हत्या गरेको हु । वारदात पछि घटनास्थलबाट बाहिर निस्की दगुर्दै घटनास्थल अगाडीको तिनकुने रिङरोड अगाडीको बाटो क्रस गरी केही परसम्म दगुरी त्यसपछि सडकको किनारै किनार छिटोछिटो हिडी जडिबुटी चोक सम्म गई त्याहाबाट कांडाघारी स्थित दिदी भिनाजु बस्ने कोठाको घरमा गई घरको गेट घचघचाई खोल्न अनुरोध गर्दा गेट खोलेनन् ।

लगभग दुई घण्टासम्म गेट बाहिर बसी गेट माथिबाट चढी घरकम्पाउण्ड भित्र गई कोठाको ढोका ढकढक गरे, सो कोठामा मेरो भिनाजुको भाईबुहारी बस्न थालेका रहेछन्, दिदी भिनाजु अर्को घरकोठामा सर्नु भएको रहेछ, भिनाजुको भाई बुहारीले भिनाजुलाई फोन गरी बोलाई दिनु भयो, भिनाजु बिशाल डोटेल आई नजिकै रहेको हाल सरी बसेको कोठामा लैजानु भयो । कोठामा पुगेपछी दिदीले खाना दिनु भयो । खाना खाई दिदी भिनाजुको कोठामा बसेका उमेश माझी र म एउटै खाटमा सुत्यौ ।

सामाजिक विभेदको कारण म निर्दयी छु, कसै प्रति माया ममता जाग्दैन, बिगतमा पनि यस्ता घटना धेरै घटाएको छु ।

बहिराहरु प्रति गरिने सामाजिक, बिभेदको कारण मैले काठमाण्डौको बिभिन्न स्थानहरु रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाचपोखरी र नाम्चेमा पनि विभिन्न मितीमा मान्छे मारेको छु, मैले मारेको मान्छेहरुलाई म चिन्दिन। सबैलाई धारिलो हतियार प्रहार गरी मारेको हुँ। मारेको मिती थाहा छैन, अनुसन्धान गर्ने काम प्रहरीको हो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अस्पतालबाट हिमाञ्चल भन्छन्: विपीनलाई थाइसँगै हमासले बन्धक बनाएर प्यालेस्टाइन लगेको देखेको थिएँ
Next Article इजरायलबाट थप २०० नेपाली स्वदेश फर्किन इच्छुक, मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

कर्णाली राजमार्ग अवरुद्ध, करोडौंको स्याउ बोकेको गाडी अलपत्र

57 years ago

रक्तसञ्चार दिवसको अवसरमा रक्तदान

57 years ago
काठमाडौँ - KTMसमाज

आइतबार सार्वजनिक विदा !

57 years ago
कालिकोट - KLKसमाज

अनिश्चितकालिन आन्दोलनले आर्थिक बिकास समितिलाइ धक्का

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?