दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको "/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अनिश्चितकालिन आन्दोलनले आर्थिक बिकास समितिलाइ धक्का

२०७३, ४ फाल्गुन बुधबार ११:४३


दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको आर्थिक विकास समितिको बैठक विषय बस्तुमा छलफलै नगरी स्थगित भएको छ । 

जिल्ला परिषद पूर्व तयारीका लागि गठित विभिन्न ५ वटा समिति मध्य आजबाट सुरु हुन लागेको आर्थिक विकास समितिको बैठक स्थानीय कर्मचारी हकहित संरक्षणको आन्दोलनका कारण स्थगित भएको हो । 

आज दिउसो साढे १ बजे देखि सुरुहुने भनिएको बैठक समयमै सुरु भएपनि आफ्ना मागहरु प्रति राज्यले आफ्ना मागहरु प्रति ब्यवास्था गरेको भन्दै चणरबद्ध आन्दोलनमा उत्रिएका स्थानीय कर्मचारी हकहित संरक्षणका पदाधिकारीहरुले बैठक स्थलमा आई धर्ना दिन थालेपछि कुनै विषय बस्तुमा प्रबेशै नगरी बैठक स्थगित भएको छ ।

स्थानीय कर्मचारी हक हित संरक्षणका जिल्ला संयोजक राज बहादुर बम सहितको टोली आई आर्थिक विकास समिति संग आफुले उठाएका मागहरु कर्मचारीको हितको लागि मात्र नभै समग्र समुदायको हितको निम्ती उठाएकाले आन्दोलनलाई सार्थक तुल्याई दिन अनुरोध गरेपछि, आर्थिक विकास समितिका संयोजक एवं माओवादी केन्द्रका दिनेश चदाराले केही दिनका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको छ । 

यहि फागुन २९ गते हुने २० औं जिल्ला परिषद संचालनका लागि पूर्व तयारी समिति अन्तर्गत जिल्ला विकास समितिले आर्थिक विकास समितिको बैठक ४ र ५ गते, बन तथा बाताबरण समितिको बैठक ६ गते, सामाजिक विकास समितिको बैठक ७ र ८ गते, भौतिक पूर्वाधार विका समितिको बैठक ९ र १० गते, सुशासन तथा संस्थागत विकास समितिको बैठक ११ गते बस्ने कार्यतालिका तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ