पुस ९, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ |

अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।