१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साझासबालकर्मि प्रेम सुनार सम्मानित

७ पुष २०७२, मंगलवार १२:४४

पुस ७, गुल्मी । साझासबाल मिडियाद्धारा सञ्चालित साझासबाल डटकम गुल्मी सम्बाददाता प्रेम सुनार सम्मानित हुनुभएको छ । सुनार विदेशमा रहेको एक संस्थाद्धारा सम्मानित हुनुभएको हो ।गुल्मी सेवा समाज कतारले आज नेपाल पत्रकार महासंघ गुल्मीमा एक समारोहका बीच सम्मान पत्र र दोसल्ला ओढाएर उहाँलाई सम्मान गरेको हो ।

सुनारले साझासबाल डटकममा लगायत रेडियो स्काईबाट प्रशारण हुँदै आएको चर्चित रेडियो कार्यक्रम ओझेलका खबर मार्फत गुल्मी जिल्लाका विपतमा परेका ब्यक्ति परिवारलाई सहयोग जुटाउन र विदेशमा रहेका नेपालीहरुसँग समन्वयमा सहयोग पु¥याएको भन्दै समाजले सम्मान गरेको हो ।

सुनारलाई समाजका केन्द्रीय उपाध्यक्ष बुद्ध पाण्डे, गुल्मी क्षेत्र नम्बर तीनका संयोजक नारायण केसी अर्याल, केन्द्रिय सदस्यहरु राजु पाण्डे, राम प्रसाद रेग्मी, अविरल अजित लगायतले सम्मान गरेका थिए । सम्मान कार्यक्रमलाई समाजका केन्द्रिय अध्यक्ष शिव खड्कबकाले फोन मार्फत सम्बोधन गर्दै पत्रकार सुनारले गुल्मी जिल्लामा रहेर पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, सचिव तारा भुसाल, कोषाध्यक्ष अनिल खत्री लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । यसैबीच पत्रकार सुनारलाई चेक रिपब्लिकमा रहेका रायमाझी परिवारले पनि सम्मान गरेका छन् । गुल्मीको वामी ८ का बैकुण्ठ रायमाझी र मुसिकोट कालिरह घर भइ चेक रिपब्लिकमा कार्यरत जितेन्द्र रायमाझीले सम्पूर्ण रायमाझी परिवारको तर्फबाट २५ हजार नगद सहित सम्मान गरेका हुन् ।.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ