2026-06-19 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेश जानेमाथि खेलकुदमन्त्रीको असन्तुष्टि- घरजग्गा राखेर जाने अनि सरकारलाई गाली गर्ने !

पुस १०, काठमाडौँ | युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले घरजग्गा बैंकमा राखेर छोराछोरीलाई विदेश पठाएर बुबाआमाले सरकारलाई गाली गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार पोखरा क्रिकेट मैदानमा आयोजित प्रधानमन्त्री कपको कास्की जिल्ला छनोटको उद्घाटनमा बोल्दै मन्त्री लिम्बुले सरकारले केही गरेन भन्ने कुरा आए पनि सरकारले गर्ने केही नभएको बताए ।


‘युवाहरूलाई वितृष्णा छ नेपालको राजनीतिसँग । युवाहरू पलायन भए, सरकारले केही गरेन भन्छ । सरकारले गर्ने के होला ? बा–आमाले घरजग्गा राखेर विदेश पढाउन पठाउने अनि सरकारलाई गाली गर्ने !’, उनले थपे, ‘यसरी छोरा पनि पढेर आउँदैन, जग्गा पनि उकास्न सक्दैन । ऋणमा डुबेर भए पनि छोराछोरीलाई पढाउन पठाइरहेको अवस्था छ ।’

सबै नेपाली नागरिक सरकारको अंग भएकाले गाली गर्नुभन्दा नागरिक नै जिम्मेवार हुनुपर्ने उनले बताए । खेलाडीले पाउने सेवासुविधा फराकिलो बनाउन खोजिरहेको मन्त्री लिम्बुले सुनाए । उनले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दा होटलमा नभई आवास गृहमा राख्नुपर्छ भन्ने योजनासहित ठाउँ खोजिरहेको मन्त्री लिम्बुले बताए । ‘काठमाडौंमा खेलाडीको आवास गृह खोजी गरिरहेका छौँ । खेलाडीलाई होटलमा होइन छुट्टै ठाउँमा राखेर प्रशिक्षण गराएर सक्षम बनाउने मन्त्रालयले सोचेको छ । प्रदेश सरकारले पनि यहाँ प्रयास गर्नुपर्छ,’ उनले भने ।

प्रदेश सरकारले पनि खेलाडीको बन्द प्रशिक्षणका लागि आवास गृह बनाउन चाहे संघ सरकारले सक्दो सहयोग गर्ने मन्त्री लिम्बुले प्रतिबद्धता जनाए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले