2026-10-26 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

ग्रामिण बस्तिमा आयोडिन युक्त नुन पुगेन, सर्बसाधरण ढिके नुनको भरमा

दान बहादुर बुढा । फागुन १७, मुगु । सरकारले अनुदान साल्टट्रेडिङ कर्पोरेसन मार्फत बितरण गर्दै आएको आयोडिनयुक्त खाने नुन सदरमुकाम आसपास बाहेकका जिल्लाका २४ गाबिस मध्ये ग्रामिण भेगका १९ गाबिसका सर्बसाधरणहरुले आयोडिनयुक्त नुन नपाए पछि ढिके नुन खाने गरेका छन ।

नेपाल सरकारले साल्टट्रेडिङ कर्पोरेसन शाँखा बाट प्रति केजीको नौ रुपैयाका दरले सर्बसाधरण लाई बितरण गर्दै आएको भएपनि जिल्लाका पुर्बि भेगका पाँच उत्तरी भेगका सात र पश्चिम क्षेत्रका सात गरि १९ गाबिसका सर्बसाधरणले सहुलिएत दरमा बितरण गरिने आयोडिनयुक्त नुन दुई बर्ष देखि नपाए पछि तिब्बत र भारतबाट आएतित ढिके नुन खान बाध्य भएका हुन ।

बिहबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय योजना आयोग र नेपाल सरकार कण्ठरोग नियन्त्रण कार्यक्रमले आयोडिन नुनका बारे छलफल गरिएको कार्यक्रममा सदरमुकाम आसपास गाबिस बाहेक अन्य १९ गाबिसले आयोडिनयुक्त नुन नपाएको सहभागिहरुले बताएका थिए ।

यो आर्थिक बर्षका लागी राष्ट्रिय योजना आयोगबाट जिल्ला भरका लागी ५ हजार ३ सय क्विन्टल स्विकृत भई साल्टट्रेडिङ कर्पोरेसनले जिल्ला सदरमुकाम आसपासका ५ र करान भेगका ५ गाबिस लाई ४ हजार सोरुकोट डिपो ६ सय ५० र खत्याड भेगको डिपोका लागी ६ सय ५० क्विन्टल नुन ठेकेदार मार्फत ढुवानि गरेको भएपनि दुई बर्षयता देखि ग्रामिण भेगका दुई डिपोमा आयोडियुक्त नुन नपुगेको राजनिततिक दलका नेता र संचारकर्मि हरुले योजना आयोगका निर्देशक राम प्रसाद आर्चयले लाई गुनासो राखेका थिए ।

आयोडिनको कमिले उत्पन्न हुने रोग र आयोडिन नुनको प्रयोग बारे सहभागि लाई जानकारी गराउदै गराउन आएका साल्टट्रेडिङ कर्पोरेसनका सहायक महा प्रबन्धक कृष्णा शाक्यलाई दुई बर्षदेखि खत्याड भेगको श्रीकोट डिपोमा नुन नपुगेको र सोरु भेगमा पनि त्यही हालत भएको आफुहरुले ढिके नुन प्रयोग गर्दै आएको सेरी गाबिस ६ का बाल कृष्णा दाहालले बताएका थिए । गाँउमा नुन पठाए मात्र गाँउले लाई आयोडिनयुक्त नुन खान र प्रयोग गर्न सिकाउनु पर्ने दाहालले गुनासो राखे ।

डिपोमा नुन नपुगेपछी दुई दिन हिडेर जिल्ला सदुमुकाम आएमात्र भने अनुसारको नुन साल्टटे«डिङ्ग कर्पोरेसन बाट पाएपनि घर सम्म पुराउदा ढुवानि गर्दा एक केजिको ५० रुपैया सम्म पर्ने गरेपछि उनि हरु गाँउमै ब्यापारीले पशुचौपाय बाट बोकाएर ल्याएको तिब्बति जुम्ला, बाजुरा र भारत बाट आयतित ढीके नुन ल्यायर खाने गरेको समाज सेबि बिखृ बहादुर थापाले बताएका छन ।

डिपो रहेका खत्याड भेगका सेरी, श्रकिोट, गम्था खमाले, कोटडाँडा,सुकाढिक ह्यागलु सोरु भेगको धैनकोट, कालै, रारा, जिमा,नार्थपु, भिई, फोतु गाबिस हरुमा बर्ष एक पटक मात्र नुनु पुग्ने गरेको भएपनि त्यो प्रायप्त हुने गरेको छैन यता करान भेगका पाँच गाबिस मुगु, क्रिम्रि डोल्फु, पुलु र माँग्री गाबिसमा डिपो नभएकाले त्यहाँका सर्बसाधरण आयोडिन नुन लिनका लागी दुई दिन हिडेर सदरमुकाम आउनु पर्ने बाध्यता भएकाले दुई दिन हिड्नु भन्दा ढिके नुननै खान बाध्य भएका छन ।उक्त कार्याक्रममा पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले नुन बिक्रि बितरणको लागी अनियमिता रोक्नकोलागी सिडीयोको सिफारीसबात चलाउने प्रक्रिया समेत गरीएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने