2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा यस कारण बढ्यो सवारी दुर्घटना

साउन २५, लुम्बिनी । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ ।

जिल्लामा आव २०७१/७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२/७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

आव २०७३/७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु र २९० जना घाइते भएका थिए । यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेका संख्या पनि बढ्दो छ । ठूला सवारीसाधनभन्दा पनि साना सवारीसाधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ । 

हालसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । आव २०७१÷७२ मा ८६, आव २०७२÷७३ मा १४० र आव २०७३÷७४ मा १९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार–जिप ४७, बस ३८, रिक्सा, साइकल तथा ठेला २१, ट्याम्पो चार र अन्य छवटा गरी २४८ वटा सवारी साधन दुर्घटना भएका थिए । 

पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । 

ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ । 

दुर्घटनामा चालकको गल्ती बढी 

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । ट्राफिक प्रहरी निरीक्षक बस्नेतका अनुसार चालकको लापरबाहीका कारण १५९ वटा सवारी साधन दुर्घटना भएका छन् । त्यस्तैगरी तीव्र गतिका कारण ६८, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा छ, उछिन्दा चार, यान्त्रिक गडबडी (ब्रेकफेल, स्टेयरिग फेल) जस्ता कारणले चार, यात्रुको गल्तीका कारण तीन, सडक चौपायाका कारण एक र सडकको अवस्थाले गर्दा एउटा सवारी साधन दुर्घटना भएको छ । 

मापसे गरी हाँक्ने पनि बढ्दो 

रुपन्देहीमा मापसे गरी सवारीसाधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । आव २०७१÷७२ मा २८६ जना, आव २०७२÷७३ मा ५८२ जना र आव २०७३÷७४ मा मापसेबाट एक हजार १२७ जना कारबाहीमा परेका छन् । कारबाहीस्वरुप ६३६ वटा लाइसेन्समा प्वाल पारिएको छ, जसमध्ये ३१९ भैरहवा क्षेत्रका छन् भने ३१७ बुटवल क्षेत्रअन्तर्गतका हुन् । 

तीन करोड ८८ लाख राजश्व संकलन 

ट्राफिक प्रहरी कार्यालयले आव २०७३÷७४ मा रु तीन करोड ८८ लाख ४४ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरीत चलेका ६६ हजार २७४ सवारी साधनलाई कारबाही गर्दा सो राजश्व संकलन भएको कार्यालयले जनाएको छ । 

सबैभन्दा बढी २१ हजार १३९ ट्रक कारबाहीमा परेका छन् जसबाट रु एक करोड २१ लाख आठ हजार ५०० राजश्व संकलन भएको छ । 

त्यसैगरी पाँच हजार ८१२ वटा बस कारबाहीमा पर्दा रु ३३ लाख ४० हजार ५००, १० हजार ६३९ साना कारजिप भ्यानबाट ५९ लाख ३६ हजार, १० हजार ९६१ वटा मोटरसाइकल र स्कुटीबाट ९१ लाख ८९ हजार ५००, ट्र्याक्टरबाट ६८ लाख ५१ हजार तथा अन्य दुई हजार २०० सवारीसाधनबाट १४ लाख २७ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई