सितापाइलामा दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला

साझासवाल
1 Min Read

फागुन ९, काठमाडौँ |  नागार्जुन नगरपालिका-६ सितापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

आमा र दुई छोरीको हत्या गरी श्रीमान्‌ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ ।

सोलुखुम्बु घर भई सितापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालादारीमा गुजारा चलाउने परिवार रहेको बताइएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply