फागुन ९, भक्तपुर | भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।