Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा सिँचाइका लागि पोखरी निर्माण

२०७५, ७ भाद्र बिहीबार ०९:३८

भदौ ७, बर्दिया | जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ । 

अहिले ६ हजार हेक्टरमा मात्र खेती गरिएको छ । यहाँ सिञ्चीत क्षेत्रफल ४२ हजार ५८ हेक्टर रहेको छ । यहाँ वर्षभरि सिँचाइ गर्न सकिन्छ । यस वर्ष कार्यालयले खेतीयोग्य जमीनमा रु ११ करोड ५० लाख लगानी गरेको छ । मसिना धान उत्पादन प्रवद्र्धन कार्यक्रम जिल्लाको ६ पकेट क्षेत्रमा सञ्चालन गरिएको रावतले बताउनुभयो । 

केराखेती, माछापालन र तरकारी खेती पकेट बनाइ गरिँदै आएको छ । पाँच हेक्टरमा तरकारी खेती गरिएको छ । जिल्लामा आव २०७४÷७५ देखि युवा लक्षित व्यावसायिक तरकारीखेती कार्यक्रम सञ्चालनमा छ । जिल्लामा ६० हजार १०० हेक्टरमा धान रोपाइँ गरिन्छ । जिल्लामा परम्परागत कृषि प्रमाणीमा सुधार गर्दै व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । 

पछिल्लो समय कृषिमा अनुदानसमेत बढेको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत ठूलो मात्रामा कृषकलाई अनुदान दिन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लामा विभिन्न कृषि मेला आयोजना गर्दैआएको छ । कर्णाली र बबई नदीको पानीबाट खेत सञ्चित गरिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश