Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बोनसको चक्करमा भाडा बृद्धि गरेपछि कुश्मा बलेवा यान्त्रिक पुलमा तालाबन्दी

By kit

चैत्र ६ पर्वत । कुश्मा बलेवा यान्त्रिक पुलमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । सरकारको कर छुटको सहुलियत पाएको कुश्मा बलेवा यान्त्रिक पुलले एकाएक भाडा दर बढाएको भन्दै बलेवाबासीले यान्त्रिक पुलको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

एक सातादेखि यान्त्रिक पुलमा आवतजावत ठप्प बनेको छ । मनोमानि तरिकाले भाडादर बृद्धि गरी पुलका शेयर सदस्यहरु कमिशन खाने चक्कर लागि जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

यान्त्रिक पुलले चैत्र १ गते देखि लागू हुने गरी ३३ प्रतिशत नघटने गरी भाडा बृद्धि गरेको थियो । आधा किलोमिटरको यात्रा ४ मिनेटमा पार गर्न १ सय २५ रुपैंयासम्मको भाडा निर्धारण गरेको कम्पनीको विरुद्धमा वलेवा क्षेत्रका महिला समूहको अग्रसरतामा तालाबन्दी गरिएको हो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १ सय रहेकामा रु १ सय २५ लिने गरी भाडावृद्धि गरेको थियो । यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको कम्पनीले जनाएको छ ।