असार ६, विराटनगर | सुनसरीबाट विराटनगर पाहुना खान आएका एक युवकको बुधवार राति छुरा प्रहार गरी हत्या भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुहवी नगरपालिका-१२ का अक्लेशकुमार यादवलाई विराटनगर महानगरपालिका-४ इक्राइका गणेश यादवले छुरा प्रहार गरेर हत्या गरेका हुन् ।
शरीरका विभिन्नि तीन स्थानमा छुरा प्रहार गरिएका अक्लेशको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको हो । छुरा प्रहार गर्ने गणेश फरार छन् । अक्लेश विराटनगर महानगरपालिका-४ इक्राईका अनुसार ठुलीआमाको छोरीको विवाहमा आएका अ क्लेशको हत्या भएको हो।
अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए। अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन्। बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको थियो। उनीहरु बिचमा भएको विवादको कारण भने पत्ता लाग्न बाँकी रहेको एक प्रहरीले बताए।
विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको थिए। चक्कु प्रहारबाट बायाँ कोखामा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई तत्कालै उपचारका लागि नजिकै रहेको नोबेल शिक्षण अस्पताल लगिएको थियो।
उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अ क्लेशको मृत्यु भएको थियो। घटनापछि गणेश फरार छन् भने उनको खोजी कार्य तीव्र पारिएको छ। घटनाको थप अनुसन्धान अघि बढाइएको छ । अक्लेशको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ।