2026-10-23 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

असार ६, काठमाडौँ । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । 

एपीएफको रिपोर्टका अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो संख्यामा हज यात्रीहरु अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ । तर साउदी अरबले अहिलेसम्म मृत्यु हुने र बेपत्ता बारे आधिकारिक रुपमा कुनै आँकडा जारी भने गरेको छैन । गत वर्ष  हज यात्राको क्रममा मृत्यु हुनेको संख्या २४० थियो । 

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । रिपोर्टका अनुसार मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीहरु रहेका छन् । साउदी कूटनीतिज्ञले बताए  अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो ।

साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यद्यपि, माउन्ट अराफातमा पूजासहित अधिकांश हज अनुष्ठानहरू दिनको समयमा गरिन्छ । यसका लागि हजयात्रीहरूले लामो समय बाहिर घाममा बस्नुपर्ने हुन्छ । हजका क्रममा सडक छेउमा विरामी यात्री देख्ने गरेको हज यात्रीहरुले बताएका छन् । धेरैको ज्यान गएको छ । हज रुटमा एम्बुलेन्सको भीड लाग्ने गरेको छ ।

यस वर्ष करिब १८ लाख हज यात्री हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् । हरेक वर्ष हजारौं तीर्थयात्री हज गर्न जाने गर्छन् जससँग भिसा छैन। पैसाको अभावमा यस्ता यात्री गलत बाटो भएर मक्का पुग्छन् ।

साउदी कूटनीतिज्ञहरूले मृत्यु हुनेहरूमा इजिप्टका तीर्थयात्रीहरूको संख्या धेरै छ किनभने तिनीहरूमध्ये धेरैले हजका लागि दर्ता गरेका थिएनन । यस महिनाको सुरुमा साउदी अरेबियाले हजारौं दर्ता नगरिएका हज यात्रीहरूलाई मक्काबाट हटाएको थियो ।

हजको आयोजना गर्नु साउदी अरेबियाको शाही परिवारका लागि सम्मान हो । साउदी राजालाई २ पवित्र मस्जिदको संरक्षक पनि भनिन्छ । 

इस्लाम धर्ममा हज पाँच कर्तव्य मध्ये एक हो । मान्यता अनुसार हरेक मुस्लिम व्यक्तिले आफ्नो जीवनमा कम्तिमा एक पटक यो कर्तव्य पूरा गर्नुपर्छ । सन् ६२८ मा पैगम्बर मोहम्मदले आफ्ना १४०० चेलाहरूसँग यात्रा सुरु गरेका थिए । यो इस्लामको पहिलो तीर्थयात्रा भयो र यस यात्रामा पैगम्बर इब्राहिमको धार्मिक परम्पराको पुनर्स्थापना भयो । यसलाई हज भनिन्छ । हरेक वर्ष विश्वभरका मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का पुग्छन् ।

हज पाँच दिन लाग्छ र ईद अल-अधा वा बक्रिदमा समाप्त हुन्छ । साउदी अरेबियाले प्रत्येक देश अनुसार हज कोटा तयार गर्दछ । जसमध्ये इन्डोनेसियामा सबैभन्दा बढी कोटा छ । त्यसपछि पाकिस्तान, भारत, बंगलादेश र नाइजेरिया छन् । यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपिया लगायतका देशबाट हजयात्री आउने गर्दछन् । हज यात्रीहरू पहिले साउदी अरेबियाको जेद्दा सहर पुग्छन् । त्यहाँबाट बस चढेर मक्का सहर जान्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने