साउन २, नवलपरासी पूर्व | पूर्वी नवलपरासीको कावासोती नगरपालिका- ५ ठकुरीचोकमा घरमा पालेको कुकुरलाई हिर्काएर मारेको भन्दै एक १८ वर्षीय निराजन कुमालले आफनै बाबुको हत्या गरेका छन् । कुकुरलाई हिर्काएको विषयमा कावासोतीका ४३ वर्षीय बाबु प्रेम कुमाल र १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका छोरा निराजनबीच झगडा भएको थियो ।

प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो । ढुंगाले टाउकोमा हिर्काउँदा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो ।

बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा प्रेम कुमालको मृत्यु भएको हो। निराजनलाई प्रहरीले पक्राउ गरेको छ ।