भाष्कर के.सी । माघ १४, कञ्चनपुर । माघ ५ गते सम्पन्न भएको निर्वाचित भएका कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई आज एक कार्यक्रम विच सपथ ग्रहण तथा पदस्थापन सुम्पिएको छ ।

कवाउ संघको नव निर्वाचित अध्यक्ष जङ्ग मल्ललाई आज अध्यक्ष सुरेश रावलले सपथ ग्रहण तथा पद हस्तान्तरण गरेका छन् । अध्यक्ष मल्ल लाई सपथ खुवाएपछि आफना नव निर्वाचित पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, उद्योग उपाध्यक्ष हेमराज जोशी, वाणिज्य उपाध्यक्ष मदन राज पन्त, महासचिव बाशुदेव जोशी, सचिव गणेश चटौत, कोषाध्यक्ष निर्मला भट्ट सापकोटा, र सदस्यहरु यज्ञराज भट्ट, विवेक राज जोशी, धिरज बहादुर चन्द, चेतराज जोशी कृष्ण नन्द भट्ट, कृष्ण देव भट्ट र महेश राज जोशी लगायत संस्था गत सदस्य प्रेम सिह भाटलाई मल्लले सपथ खुवाएका थिए ।

उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष सुरेश रावलले नव नियुक्त पदाधिकारीहरुलाई वद्याई दिदै, सबैले इमान्दारीका साथ काम गर्नु पर्ने र आफनो पराया नभनि सबैलाई एक समानाको व्यवहार गरी यस क्षेत्रको उद्योग तथा व्यापारको उन्नती तर्फ लाग्नु पर्ने बताउनु भयो ।

पदस्थापन तथा सपथ ग्रहण समारोहमा सभापतित्व अध्यक्ष सुरेश रावलले गर्नु भएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल रहुनु भएको थियो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार सम्पन्न