२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मदिरा सेवन गरेर टाउकोमा रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या

२०८१, १४ श्रावण सोमबार १०:५५

साउन १४, दाङ । दाङको राजपुर गाउँपालिकामा एक पुरुषले रडले हानेर श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका-१ रसरीखोला निवासी ३८ वर्षीय गणेश घर्तीले आइतबार राति मदिरा सेवन गरी आफ्नै श्रीमती ३६ वर्षीय वसन्ती घर्तीको हत्या गरेका हुन् ।

मदिराले लठ्ठिएका गणेशले टाउकोमा रडले हानेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीले जानकारी दिइन् ।

प्रहरीका अनुसार श्रीमान्-श्रीमतीबीच पहिल्यैदेखि विवाद हुन्थ्यो । पटक-पटक स्थानीय र प्रहरीले विवाद मिलाएका थिए । आइतवार बेलुकी खाना खाएर सुतेको र सोमबार बिहान साढे ९ बजेसम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गणेश घटनास्थलबाटै पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा