सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्"/>
2026-06-20 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमहीमा १२ करोडको लागतमा लिफ्ट सहितको बहुउद्देश्यीय ब्यापारिक भवन बन्दै

2016-10-01


सन्तोषकुमार गुप्ता । असोज १५ दाङ । दाङ जिल्लाको देउखुरी उपत्यकको प्रमुख व्यापारिक केन्द्र लमहीमा १२ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न लिफ्ट सहितको बहुउद्देश्यीय व्यपारिक भवनको निर्माण कार्य कार्य रहेको छ । पाँच महिना सम्म भूकम्प र नाकावन्दीको कारण काम स्थगित भएको लमहीको ब्यापारीक बहुउद्देश्यीय भवनको निर्माण कार्य तीव्र पारिएको छ । विहान साढे ६ बजे देखि वेलुका साढे ६ बजे सम्म महदुरहरु खटिएर काम गरिहेका छन् । दैनिक ३२ जना मजदुर नियमित काममा परिचालित गरिएका छन् । अहिले चौथो तलाको ढलाईको तयारी चलीरहेको निर्माण ब्यवसायी भिमनारायण चौधरीले जानकारी दिए ।


    लमही नग रविकास समितिको आफ्नै ८ करोड ३३ लाख २४ हजार ९३ रुपंयाँको अनुमानित लागतमा फ्रेम स्ट्रक्चर निर्माणको भईरहेको चौधरीले बताए । १२ करोड वढीको लागतमा यो भवन निर्माणको स्टिमेट छ । जसको प्रत्येक तलामा लिफ्ट स्टिमको सुविधा हुने छ । २०७२ असार महिनावाट सुरु भएको काम बैशाखको भूकम्प र त्यसपछिको नाकावन्दीको कारण पाँच महिनासम्म काम स्थगित बन्न पुगेको थियो । रोकिएको भवन निर्माण कार्य पुस महिनावाट सुरु भएको हो । निर्माणको काम अहिले तिर्व रुपमा भइरहेको लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।


दाङलाई ५ नम्वर प्रदेशको राजधानी वनाउने चर्चासंगै लमहीमा निर्माणाधिन बहुउद्देश्यीय ब्यापारिक भवनले त्यसमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसवाट दाङको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । जहाँ अण्डरग्राउण्ड पार्किङ्गसहित डिपार्मेन्ट स्टोर, बैंक तथा वित्तय संस्थाको कार्यालय, होटल, रेष्टुरेन्ट, सेमिनार हल निर्माण गरिने छ ।

काम अव आगामी जेठ महिना भित्र सक्ने लक्ष्य राखिएको लमही नगरविकास समितिका सव ईञ्जिनियर तुलसीराम अर्यालले वताए । चक्रेश्वरी÷शिवशक्ति जेभी सानेपा ललितपुरले भवनको स्ट्रक्चर निर्माणको काम गरिरहेको हो । २०७० असार ३० गते लमही नगरविकास समितिले तयार पारको लागत स्टिमेट तथा नक्साको डिजाईन वोर्ड वैठकवाट स्विकृत गरेर काम सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ