2026-06-16 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रमित ढुंगानाको फिल्म ‘नमेटिने घाउ’ को तोकियो रिलिज मिति

साउन २०, काठमाडौँ |  अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशन रहेको फिल्म 'नमेटिने घाउ' को प्रदर्शन मिति तोकिएको छ।

सामाजिक कथामा बनेको यो फिल्मलाई भदौ ७ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्माता एवं निर्देशक ढुंगानाले बताए।

'पहिलेदेखि नै त्यही डेट सोचिरहेको हो। तर, प्रधानमन्त्रीज्यूको डबिङ नसकिएकाले घोषणा गरेका थिएनौं,' ढुंगानाले भने, 'हिजो उहाँको समय पायौं। त्यसपछि रिलिज मिति घोषणा गरेका हौं।'

यो फिल्ममा केपी शर्मा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन्।


विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणको सत्य घटनाका आधारित रहेर फिल्म बनेको हो।

फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्। 

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित, सुनिल कटुवाल, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतले अभिनय गरेका छन्।

फिल्ममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ